22nd April | 2018 | Sunday | 11:27:54 AM

शिवसताक्षी ४ र ५ खुल्ला दिसामुक्त क्षेत्र घोषणा

  POSTED ON : Tuesday, 26 December, 2017 (3:18:25 PM)

शिवसताक्षी ४ र ५ खुल्ला दिसामुक्त क्षेत्र घोषणा

हिमालय टाइम्स काठमाडौं । साविक पाँचगाछी गाविस हालको शिवसताक्षी नपा वडा नं. ४ र ५ आजबाट खुल्ला दिसा मुक्त घोषणा भएको छ । 

खुल्ला दिसामुक्त अभियानलाई सफल बनाउन अगुवाइ गरेका वडाध्यक्षहरु सत्यनारायण राजवंशी र अधिकचन ताजपुरिया सहित सबै जनप्रतिनिधिहरु, अभियन्ता साथीहरू र पाँचगाछीवासी स्थानीयको पहलमा पाँचगाछी दिसामुक्त क्षेत्र घोषणा हुन सफल रहेको जिल्ला समन्वय समितिका झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए । उनले भने, ‘बसोवासको हिसावले पनि मिस्रित समुदाय, आर्थिक रुपमा पनि विपन्न घरधुरीको संख्या अधिक भएपनि पाँचगाछीका जनताले चेतना स्तरमा नमुना प्रस्तुत गर्नुभएको छ, यसलाई हेरी बाँकी स्थानीय तहका वासिन्दाले यसको सिको सिक्नु पर्दछ ।’

साविकका ३३ गाविस मध्ये हाल सम्म १० गाविस खुल्ला दिसा मुक्त भएका छन् ।

समग्र झापाको विवरण हेर्दा ८४ प्रतिशत घरधुरीमा चर्पी निर्माण भएको भए पनि १४ प्रतिशत घरधुरी चर्पी्िवहीन अवस्थामा रहेका छन् ।

आव २०६८ बाट राष्ट्रव्यापी रुपमा शुरु भएको खुला दिसामुक्त अभियान झापामा विसं २०७० बाट अभियानका रुपमा शुरु भएको थियो । 

सरकारले पाँच वर्ष्िभत्र नेपाललाई खुला दिसामुक्त बनाउने लक्ष्यका साथ काम शुरु गरेको भए पनि तोकिएको अवधि पूरा हुने सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा नहुने निश्चित भएको छ ।

पाँचगाछीलाई खुल्ला दिसा मुक्त घोषणा सभामा स्थानीय नव निर्वा्चित जनप्रतिनिधि, जिल्ला समन्वय समिति झापाका प्रमुख लगायतको उपस्थिति थियो ।