20th January | 2018 | Saturday | 7:07:57 AM

अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

चिसाङ शेर्पा   POSTED ON : 2017-12-27 10:47:51

अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

काठमाडौं । खोटाङमा अधिक रक्तश्रापका कारण सुत्केरी महिलाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बुद्धचोक बखुमकी २८ वर्षीय सुत्केरी पदमा राई मगरको ज्यान गएको हो । 

दुर्छिम स्वास्थ्यचौकीमा बच्चालाई जन्म दिए पनि अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए ।


 सुत्केरीव्यथा लागेपछि आईतबार स्वास्थ्यचौकीमा भर्ना गरिएकी राईको सोही राती १२ः३० बजे ज्यान गएको हो । अधिक रक्तश्रावका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अन्यत्र लैजाने तयारीकैक्रममा सुत्केरीको मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।