22nd July | 2018 | Sunday | 8:40:17 PM

चिसोमा खोकीबाट बच्ने घरेलु उपाय

  POSTED ON : Wednesday, 27 December, 2017 (6:26:14 PM)

चिसोमा खोकीबाट बच्ने घरेलु उपाय

काठमाडौं । चिसो मौसममा हामीलाई खोकीबाट जोगिन निक्कै मुस्किल पर्दछ । वयस्कको तुलनामा चिसोले केटाकेटी र बुढाबुढीलाई छिट्टै असर गर्दछ । चिसो मौसममा रुघाखोकी लाग्ने हुँदा लगातार खोकी लाग्नाले अन्य विभिन्न असर देखा पर्दछन् । यसर्थ खोकीबाट बच्न यी उपाय अपनाउनु उपयुक्त हुन्छ । 

अदुवा

अदुवामा एन्टीब्याक्टेरियल ततव हुन्छ र यसले कफलाई सिध्याउन सहायता गर्छ । अदुवा पिँधेर रस निकाल्नुस् । अब त्यसमा मह मिसाएर पिउनुस् । अदुवाको रस, कागतीको रस र प्याजको रस मिसाएर पिउनुभए पनि हुन्छ । जसले खोकी निको हुन्छ ।

बेसार

बेसारमा एन्टीब्याक्टेरियल, एन्टीभाइरल तत्त्व हुन्छन् र तिनले खकार जम्न दिँदैनन् । एक चम्चा महमा बेसार मिसाएर खानुस् । यसबाहेक बेसार हालेको दूध पनि पिउन सक्नुहुन्छ । 

लसुन

एउटा लसुन मसिनो गरी काटेर पानीमा उमाल्नुस् । अब त्यही पानीले बाफ लिनुस् । दिनदिनै बाफ लिँदा केही दिनमा खोकी ठीक हुन्छ । आहारमा लसुन समावेश गर्नुभयो भने जाडोका समस्याबाट मुक्ति पाइन्छ । 

ज्वानो

चार चम्चा जैतूनको तेल तीनचार अलिकति ज्वानो हालेर हलुका तताउनुस् । तेल मनतातो पारेर राति सुत्नुअघि छातीको मालिश गर्नुस् । 

मुलेठी

गला खराब हुँदा वा खोकी लाग्दा मुलेठी सेवन गर्नुस् । मुलेठीको एक सानो टुक्रा चुस्ने गर्दा खोकीबाट राहत प्राप्त हुन्छ । 


मह र मूलाको रस

एक चम्चा महमा एक चम्चा मूलाको रस मिसाएर पिउनुस् । त्यसमा सीधे नून मिसाएर पनि पिउन सक्नुहुन्छ । दिनको दुईचोटि पिउँदा खकार खोकीको समस्याबाट मुक्ति पाइन्छ । 


केसर

खोकी ठीक पार्नका लागि केसर अचूक औषधि हो । यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वले संक्रमण रोक्नुका साथै रुघाबाट पनि मुक्ति दिन्छ । केसरको स्टिग्मामा आधा कप पानी हालेर घोल्नुस् । यो घोललाई दिनदिनै सेवन गर्नुस्, खोकीबाट छुट्कारा पाउन सकिन्छ । –एजेन्सी