16th October | 2018 | Tuesday | 8:09:25 AM

हातगोडा फुट्ने समस्याबाट जोगिने सरल उपाय

  POSTED ON : Thursday, 28 December, 2017 (6:18:54 PM)

हातगोडा फुट्ने समस्याबाट जोगिने सरल उपाय

काठमाडौं । चिसो मौसममा हाम्रो शरीर फुस्रो हुने हुँदा हातगोडा फुट्ने समस्याले निक्कै सताउने गर्छ । जाडो समयमा हात बारम्बार सुख्खा हुनु स्वभाविक हुन्छ । हातमा कम तैलीय ग्रन्थी भएका कारण यस्तो हुन्छ । 

कपडा र भाडा धुँदा हातको अवस्था झन् खराब हुन्छ । यस्तो स्थितिमा हातलाई नियमित रुपमा एक्सफोलियट र मोश्चराइजर गर्नुपर्छ । हातमा लगाउँन कतिपय प्याक घरमै पनि बनाउँन सकिन्छ ।

फुटेको हातगोडालाई चाँडै सुन्दर बनाउँन नियमित मोस्चराइजर लगाउँनुपर्छ । यसबाट शरीरको सुख्खापन या फुटेको छाला चाँडै ठिक हुन्छ । फुटेको ठाँउमा रसायनयुक्त वस्तुको साटो प्राकृतिक उत्पादनको प्रयोग आवश्यक हुन्छ । जसले बढी फाइदा पुर्याउँछ । 

ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई एउटा बोत्तलमा भरेर  फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि यो मिश्रणलाई हातगोडामा लगाएर मसाज गर्नुस् । नियमित प्रयोग गर्ने हो भने तपाईंको हातगोडा फुट्नबाट जोगिन्छ ।

त्यसैगरी राती सुत्नुअघि कुनै राम्रो गुणस्तरको मोश्चराइजर लगाउनु उपयुक्त हुन्छ । दिनमा कम्तीमा पनि चारपटक मोश्चराइज क्रिम प्रयोग गर्नाले हातगोडा फुट्ने समस्याबाट छुट्कारा पाइन्छ ।

त्यसैगरी पानी कम पिउने मानिसको पनि हातगोडा फुट्ने समस्या देखिन सक्छ । यसर्थ दिनमा प्रशस्त पानी पिउँनाले यसबाट फाइदा पुग्दछ । यसबाट छाला नरम हुनेछ र हात फुट्ने समस्या पनि रहनेछैन । 

हात धुन मोश्चराइजयुक्त साबुन प्रयोग गर्नु उपयुक्त हुन्छ । जसबाट हात सुख्खा हुन र फाट्न पाउँदैंन । साबुन किन्नुपूर्व त्यसमा ओलिभ आयल प्रयोग गरे नगरेको ख्याल गरेर किन्नु राम्रो हो ।–एजेन्सी


Views: 123