22nd April | 2018 | Sunday | 11:26:29 AM

एघार स्वास्थ्यचौकी नगरपालिकालाई हस्तान्तरण

  POSTED ON : Monday, 01 January, 2018 (12:55:43 PM)

एघार स्वास्थ्यचौकी नगरपालिकालाई हस्तान्तरण

चिसाङ शेर्पा 

हिमालय टाइम्स । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका १२ स्वास्थ्य चौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई दिइएको तीन दिनपछी हलेसी तुवाचुङ नगरपालिकामा रहेका ११ स्वास्थ्यचौकी र एक वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

 स्थानीय स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय अनुशार हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मंगलटार, सल्ले, महादेबस्थान, धितुङ, राजापानी, अर्खौले स्वास्थ्यचौकी र शहरी स्वास्थ्य केन्द्र हैदे दुर्छिमलाई नगरपालिकाको मातहतमा ल्याइएको हो । 

जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले नगरपालिकाका मेयर इवन राई र निमित्त कार्यकारी अधिकृत अनिल किरातीलाई स्वास्थ्य संस्था हस्तान्तरणको प्रमाणपत्र प्रदान गरे ।