22nd April | 2018 | Sunday | 11:28:41 AM

सावित्री क्लिनिक एण्ड डायग्नोष्टिकले निःशुल्क स्वास्थ्य शिविर गर्दै

  POSTED ON : Sunday, 07 January, 2018 (5:02:39 PM)

सावित्री क्लिनिक एण्ड डायग्नोष्टिकले निःशुल्क स्वास्थ्य शिविर गर्दै

हिमालय टाइम्स । मैतिदेवीमा रहेको सावित्री क्लिनिक एण्ड डायग्नोष्टिक र विजय चौक युवा क्लवको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने बताईएको छ ।

आगामी पुस २९ गते शनिबार बत्तिसपुतलीमा अवस्थित शिक्षा संकार उच्च माध्यमिक विद्यालयको हातामा हुने उक्त शिविरमा मुटु रोग, महिला तथा प्रजनन् रोग, दन्त रोग, सुगर रोगीहरुले रक्त परीक्षण गराउनका लागि नाम दर्ता गराउन आव्हान समेत गरिएको छ ।

वरिष्ठ फिजिसियन, वरिष्ठ महिला रोग विशेषज्ञ तथा दन्तरोग विशेषज्ञद्धारा चेक, जाँच गरिनुका साथै बाथरोगका विरामी समेतले लाभ लिने उक्त शिविर शनिबार विहान ७ः३० बजे देखि २ ः०० बजे सम्म संचालन हुने सावित्री क्लिनिक एण्ड डायग्नोष्टिकका संचालक तथा मेडिकल माइक्रोवायोलोजिष्ट धर्मेन्द्र शाहले बताए ।

उक्त शिविरमा नाम दर्ता गर्न चाहनेले मोबाईल नम्बर ९८१८०६५६७५ र ९८४१६८९३६१ मा सम्पर्क गरी नामदर्ता गराउन सक्ने शाहले बताए ।