22nd July | 2018 | Sunday | 8:39:36 PM

डा. केसीले अनसन थाल्दै मागे सर्वोच्चका प्रधानन्यायाधीशको राजीनामा

  POSTED ON : Monday, 08 January, 2018 (4:56:36 PM)

डा. केसीले अनसन थाल्दै मागे सर्वोच्चका प्रधानन्यायाधीशको राजीनामा

हिमालय टाइम्स काठमाडौं । डा गोविन्द केसी फेरि अनसन बसेका छन् । विगतमा चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका केसी  यसपटक भने प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध लक्षित अनसन बसेका छन् ।

बर्खास्तमा परेका आइओएमका डीन डा शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्वहालीको आदेश दिएपछि डा केसी अनसन बसेका हुन् ।

पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप समेत लगाएका छन् ।  उनले भने, ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’ उनले भने ।

यसका साथै डा केसीले चिकित्सा शिक्षा आयोग तत्काल गठन गर्नुपर्ने, आइओएसमका डीनमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।