22nd July | 2018 | Sunday | 8:40:48 PM

डा. केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

  POSTED ON : Monday, 08 January, 2018 (7:11:45 PM)

डा. केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

हिमालय टाइम्स । सर्वोच्च अदालतले डा गोविन्द केसीलाई अदालत अवहेलनाको मुद्दामा मंगलबार बिहान उपस्थित गराउन आदेश दिएको छ।


न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको हो । 

आदेशमा ‘अदालतबाट भएको फैसलाविरुद्ध अमर्या्दित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति गरेको देखिँदा निज डा केसीलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी पुस २५ गते बिहान ९ बजे अदालतमा हाजिर हुन उपस्थिति गराउनू’ भनिएको छ । 


आइतबार र सोमबार डा केसीले अदालतको मानहानि गर्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्च प्रशासनले आफैं टिप्पणी उठाएर इजलासमा पेश गरेको थियो। 

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको आरोप लगाएका थिए ।

अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधीश शाहीको पनि आलोचना गरेका थिए ।

डा केसीले प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित आजबाट अनसन सुरु गरेका छन्।