22nd April | 2018 | Sunday | 11:25:48 AM

लुम्बिनी अञ्चल अस्पतालका नर्सहरु आन्दोलित

चन्द्रकान्त खनाल   POSTED ON : Thursday, 11 January, 2018 (6:47:46 PM)

लुम्बिनी अञ्चल अस्पतालका नर्सहरु आन्दोलित

रुपन्देही ।  केन्द्रीय कार्यक्रम अनुसार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कार्यरत नर्सहरु अन्दोलित भएका छन् । घोषित आन्दोलन तालिका अनुसार आज बिहीबार देखी हातमा कालोपट्टी बाँधेर उनीहरुले सेवा दिइरहेको नान लुम्बिनी अञ्चल सचिब  नर्सिङ अधिकृत  बिष्णु खनालले जानकारी दिइन् । नेपाल नर्सिङ संघको आव्हानमा देशभरिका नर्सहरु आन्दोलित भएका हुन् । लुम्बिनी अञ्चलका सबै जिल्लाका  नर्सहरुले केन्द्रीय कार्यक्रम अनुसार हातमा कालो पट्टी वाधेर काम गरेको उनले बताईन ।

 ११ बुँदे माग अघि सार्दै नर्सहरु आन्दोलनमा छन् । उनीहरुका माग तुरुन्त् पूरा नभए भोलिदेखि ३० गतेसम्म सवै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने निर्णय गरेका छन् । 

त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर धर्ना दिने  बिष्णु पन्थी खनालले बताईन ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्थापना गरियोस जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपात सबै अस्पतालमा यथाशीघ्र लागू लगायत ११ वटा माग छन्। उनीहरुले माग पुरा नभए कडा आन्दोलन गर्ने समेत नान लुम्बिनी अञ्चल सचिब बिष्णु खनाल पन्थीले बताइन् । ।