24th June | 2018 | Sunday | 8:56:01 PM

जानकी मेडिकल कलेजका सबै सेवा ठप्प

पुरन साह   POSTED ON : Friday, 01 June, 2018 (7:15:17 PM)

जानकी मेडिकल कलेजका सबै सेवा ठप्प

जनकपुरधाम ।  यस क्षेत्रको एक मात्र मेडिकल कलेज जानकी मेडिकल कलेजको आन्दोलित चिकित्सक र कर्मचारीहरुले आपत्कालिन सेवा बन्द गरेका छन् । 

१४ महिनाको तलव र करिव ५० महिना सम्मको सञ्चयकोष नपाएको भन्दै संघर्ष समिति नै खडा गरी चरणवद्व आन्दोलन गर्दै आएका करिव चारसय चिकित्सक तथा कर्मचारीहरुले कलेजद्वारा सञ्चालित अस्पतालको आकश्मिक सहित सबै सेवा ठप्प पारेका हुन् । 

पटक–पटकको अल्टिमेटम सहितको पत्र बुझाएको, स्थानीय प्रदेश सरकारलाई समेत हार–गुहार गर्दा आफूहरुको मागको कुनै सुनुवाई नभएका भन्दै आपत्कालिन सेवा समेत ठप्प पार्नु परेको आन्दोलित कर्मचारी र चिकित्सकहरुको भनाई छ ।

 उनीहरु कलेजको व्यवस्थापक र सञ्चालकहरु समेत को हो भन्ने कुरा आफूहरुलाई थाहा हुन नसेकेको भन्दै नियोजित रुपमा कलेज बर्बाद गर्न केही शतिm लागि परेको कलेजका एशोसिएट प्रोफेसर डा. विरेन्द्र झाले आरोप लगाए ।

तलव नपाएपछि राजीनामा दिएका र बर्खास्त गरिएका समेत गरी करिव दुई सय जनाको समेत हरहिसाव गर्ने कोही नभएको उनको गुनासो थियो । काम छाडेकाहरुको समेत तलव र हरहिसावको कुनै अत्तो पतो नरहेकाले आफूहरु राजीनामा दिनुको पनि कुनै अर्थ नै नरहेको उनीहरुको भनाई छ । २०५९ सालमा स्वास्थ्यविज्ञ स्व.डा रामानन्द प्रसाद सिन्हाको पहलमा यसक्षेत्रका जनताका लागि स्थापना गरिएको कलेजले तलव र सञ्चयकोष वापत मात्र करिव ३० करोड तिर्न बाँकी छ । कलेजको प्रभु बैंकमा रहेको खाता अनुसार  कलेज उपर कुल १ अरब ६० करोड रुपैया श्रृण देखिएको छ ।  एमबिबिएस अन्तिम वर्षमा अध्यन्नरत विद्यार्थी अमित कुमार सिंहले जेष्ठ १९ देखि प्रयोगात्मक परिक्षा रहेकोमा अस्पताल बन्द रहेका कारण देखाउदै त्रिभुवन विश्वविद्यालयले परीक्षा स्थगित भएको सूचना निकालेको देखाउँदै आफूहरुको भविष्य अन्धकारमा परेको र यसमा कसैले सुनुवाई नगरेको दुखेको पोखेका छन् ।


तस्वीर : पुरन साह/हिटा