16th December | 2018 | Sunday | 11:35:10 AM

अश्लिल भिडियो धेरै हेरे दिमागको आकार घट्ने

  POSTED ON : Tuesday, 05 June, 2018 (9:11:38 PM)

अश्लिल भिडियो धेरै हेरे दिमागको आकार घट्ने

काठमाडौं ।  किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसे उनीहरुको दिमागमा असर पर्ने दिमागको आकार घट्ने अथवा अनुसन्धानले भनेको छ । नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो । अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ ।

उच्च यौन अनुभूति गर्न दिमागलाई अझै बढी डोपामाइन आवश्यकता हुने र यसले मानिसलाई अझै बढी अश्लिल हेर्न उत्प्रेरित गर्न जर्मन अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१४ मा जेएएमए साइक्याट्रियामा प्रकाशित एउटा अध्ययनमा नियमित रुपमा अश्लिल भिडियो हेर्नेमा यौन उत्तेजनाा निस्कृयता आएको देखाइएको थियो ।

दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ । ‘पोर्नोग्राफीले बेडरुममा हरेश खाने युवाको एउटा पुस्ता नै सिर्जना गरेको छ ’ अध्ययनमा भनिएको छ ।

सन् २०१३ मा क्याम्ब्रिज युनिर्भ्सिटीका अनुसन्धानकर्ताहरुले पोर्नका कुलतले यौनजन्य विषय हेर्दा उनीहरुको दिमागको कूलत अंश चम्किएको पत्ता लगाएका थिए । ‘यौनजन्य तस्बिर देखाउँदा अश्लिल फिल्म हेर्ने आदत बसेका मानिसको दिमाग क्रिसमसको रुख झै धपधपी बलेको थियो,’ अध्ययनमा भनिएको छ ।

सम्मान, उत्प्रेरणा र खुसीको पक्रियामा सक्रिय रहने उत्तेजित दिमागको एउटा अंश कुलत र मदिरासेवनकर्ताको उत्तेजित अंश जस्तै भएको पनि अध्ययनमा जनाइएको छ ।

वैज्ञानिकहरुका अनुसार दिमागको क्षेत्र मध्ये भेन्ट्रल स्ट्रियाटम उत्प्रेरणको पक्रियामा आबद्ध हुन्छ भने डोर्सल एन्टेरिअर सिन्गुलेटले ड्रग चाहना देखाउछ ।–एजेन्सीबाट


Views: 26