22nd September | 2018 | Saturday | 6:54:43 PM

गर्मीमा पिसाब पोलेर हैरान हुनुहुन्छ ?–समाधानका लागि सरल टिप्स

  POSTED ON : Wednesday, 06 June, 2018 (9:31:31 PM)

गर्मीमा पिसाब पोलेर हैरान हुनुहुन्छ ?–समाधानका लागि सरल टिप्स

काठमाडौं । गर्मी बढेसँगै हाम्रो दैनिक जीवनमा अनेकन समस्या आउन थाल्छ । अध्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुने मात्र होइन स्वास्थ्य अवस्थामा पनि गडबड सुरु हुन्छ । 

धेरै मानिसको समस्या भनेकै गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्ने गर्छ । तर, यो एकमात्र कारण भने होइन। पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ। मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण हुनसक्छ, पिसाब पोल्ने र पीडा हुनुको कारण ।

तर, यदि गर्मीकै कारण पिसाब पोलेको हो भने यस्तो अवस्थाबाट छुट्कारा पाउन यी सरल विधि अपनाउन सकिन्छ ।

– पर्याप्त पानी पिउने । जसले व्याक्टेरिया पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

– कहिले काहिँ मनतातो पानी पिउँदा पनि पिसाब को पीडा कम हुन्छ । थोरै पानी काँचो दुधमा मिसाएर पिउनाले पनि यो समस्यामा कमि आउँछ ।

– चिसो फल एवं तराकारी खानाले पनि यस्तो समस्यामा कमी आउँछ । अनारको जुस पनि लाभदायक हुन्छ ।

– सुकुमेल र बदामलाई मिश्रीसँग पिसेर एक गिलास पानीको साथमा पिउनाले पनि पिसाब पोल्न कम हुन्छ ।

– चामलको माडमा थोरै चिनी मिसाएर पिउँदा पनि पिसाब पोल्न कम हुन्छ ।

– पिसाबको जलनबाट राहत पाउनका लागि नरिवलको पानी निकै उपयोगी मानिन्छ ।

–नुहाई धुवाइ र सरसफाईमा ध्यान नपुगेर पनि पिसाब पोल्ने हुन सक्छ त्यसकुरामा पनि ध्यान दिनु जरुरी हुन्छ ।–एजेन्सी


Views: 0