22nd September | 2018 | Saturday | 7:33:26 PM

यौनवर्दक औषधिको सट्टा–घरायसी खानेकुरा, जसले यौन दुर्बलता हटाउँछ

  POSTED ON : Tuesday, 12 June, 2018 (8:33:49 PM)

यौनवर्दक  औषधिको सट्टा–घरायसी खानेकुरा, जसले यौन दुर्बलता हटाउँछ

काठमाडौं । यौनवद्र्धक औषधिको प्रयोग हानीकारक मानिन्छ । लामो र धेरै पटक यौनवद्र्धक औषधिको प्रयोग गर्नु उचित होइन । यसर्थ यौनमा सबल रहन हामीले दैनिक प्रयोगमा ल्याइरहेका खानेकुराबाट यौन क्षमता बढाउन सकिने कुरा चिकित्सकहरु बताउँछन् ।

यी खानेकुरा यौनवद्र्धक मानिन्छन् ।

गाजर -

गाजरले पाचन सक्रियता बढाउनुको साथै यौन इच्छा जागरणमा पनि सहयोग पुग्छ । गाजरमा हुने भिटामिनले स्नायु संयन्त्र बलियो बनाउँछ । यसको नियमित सेवनबाट शारीरिक तन्दुरुस्ती हुनुको साथै यौन क्षमता बढाउन पनि सहयोग पुग्दछ ।

अदुवा-

 मसलाको माध्यमले पनि यौन क्षमता बढाउन सकिन्छ । यसको सेवनले रक्तसंचारको सबलीकरणले यौन क्रियाकलापमा पनि टेवा पुग्छ । उपयुक्त रक्तसंचारबाट यौन जागृत गराइदिन्छ । 

मह-

 मह एक बहुगुणी खाद्य पदार्थ हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा पाचन प्रणाली आदिमा सहयोग गर्दछ । साथै, यो एक यौनवद्र्धक सामाग्रीको रुपमा पनि खान सुझाइएको छ । यसमा एमिनो एसिड र कार्बोहाइड्रेट प्रचूर मात्रामा पाइन्छ । यसको नियमित सेवनबाट यौन क्षमतावृद्धि हुने बताइएको छ ।

लसुन -

लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । साथै, यौन क्षमता वृद्धिमा पनि लसुनको सेवन लाभदायक मानिन्छ ।–हेल्थटिप्सबाट


Views: 0