18th November | 2018 | Sunday | 6:51:10 PM

ग्यास्ट्रिकका लक्षण र सरल उपचार

  POSTED ON : Saturday, 30 June, 2018 (12:57:13 PM)

ग्यास्ट्रिकका लक्षण र सरल उपचार

हिमालय टाइम्स काठमाडौं । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । 

पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। 

त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ–ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडल्ने, तौल कम हुने लक्षण देखिन्छ ।

सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ ।

यसका लक्षण

ग्यास्ट्रिक हुँदा पेट फुल्ने, पोल्ने, दिसा लागेको जस्तो हुने हुन्छ भने एसिडिटी हुँदा छातीको बीच भाग पोल्ने, अमिलो डकार आउने, बान्ता होला जस्तो हुने हुन्छ। कतिपयलाई ग्यास्ट्रिकको कारण ढाड दुखाउँछ भने एसिडिटीको कारण रिँगटा लगाउँछ।


यसको उपचारः

 ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो । तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्न्तिर सकिन्छ । दीर्घरजीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।

खानेकुराहरूमा साग–सब्जी, सलाद–फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसको उपयोगी खाने कुरा हुन् । त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। 

पानी प्रशस्त पिउनु ग्यास्ट्रिको सबैभन्दा उपयोगी निदान विधि हो ।  यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्याउन पाउँदैन।–हेल्थ टिप्सबाट


Views: 10