23rd July | 2018 | Monday | 6:05:01 AM

गर्भनिरोधक चक्कि ई-कन अब एक चक्किमा

  POSTED ON : Wednesday, 04 July, 2018 (7:14:52 PM)

गर्भनिरोधक चक्कि ई-कन अब एक चक्किमा

हिमालय टाइम्स काठमाडौं । नेपाल सि आर एस द्वारा वितरित आकस्मिक गर्भ निरोधक चक्की ई-कन अब एक चक्किमा बजारमा उपलब्ध भएको छ । बिगतमा ई-कन एक चक्की खाई सकेपछी अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्बेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहना अनुसार १.५ एम जि लेभोनोरजेसत्रेल कम्पोजीशनमा ई-कन एक चक्किमा उपलब्ध गराईएको जानकारी कम्पनीले दिएको छ ।

 असुरक्षित यौन संपर्क भएको १२० घण्टाभित्रको समयमा जति सक्दो चाँडो ई-कन खानाले त्यति नै बढी यो प्रभावकारी हुने बताइएको छ । ई-कन आकस्मिक गर्भ निरोधक चक्की मात्र रहेको र यसलाई नियमित परिवार नियोजनको साधन बनाउनु नहुने र यसले एच.आई.भि. र अरु यौनजन्य रोगहरु सर्नबाट नरोक्ने जानकारी पनि कम्पनीले दिएको छ ।

नेपाल सि आर एस कम्पनी सन १९७८ बाट सञ्चालित नाफा रहित सामाजिक संस्थाले स्वास्थ्य सम्बन्धि जनचेतना र परिवार नियोजन सम्बन्धि सेवा दिदै आएको छ ।