21st September | 2018 | Friday | 11:56:02 AM

प्रदेश ५ लाई आयुर्वेदिक औषधिमा आत्मनिर्भर बनाइन्छ : मन्त्री बराल

चन्द्रकान्त खनाल   POSTED ON : Thursday, 05 July, 2018 (6:35:35 PM)

प्रदेश ५ लाई आयुर्वेदिक औषधिमा आत्मनिर्भर बनाइन्छ : मन्त्री बराल

रुपन्देही । सामाजिक विकास मन्त्री सुदर्शनबरालले प्रदेश ५ लाई आयुर्वेदिक औषधिमा आत्मनिर्भर बनाइने बताएका छन् । बुटवलमा बिहिबार भएको प्रदेश स्तरीय आयुर्वेद औषधि उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धी अन्र्तक्रियामा बोल्दै उनले स्वेदशी जडिबुटीलाई प्रयोग गरेर पहिलो चरणमा प्रदेशलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए ।

प्रदेश ५ जडिबुटीमा धनी रहेको भन्दै उनले त्यसको सही सदुपयोग हुने बताए । जडिबुटी प्रयोगले प्रदेश पनि धनी हुन्छ, किसानको पनि आयआर्जन बढ्छ, उनले भने । यहा रहेका औषधालयहरुको स्तरबृद्धि गर्दै औषधि उत्पादनमा जोड दिने सरकारको नीति रहेको उनले बताए ।

एलोपेथिक औषधि जस्तै आर्युेबेद औषधि समेत किन्नु पर्ने अवस्था हुनु राम्रो पक्ष नभएको उनले बताए । नेपाल र भारतमा बेदलाई विज्ञान मानेर काम नहुदा आयुर्वेद औषधि समेत युरोपतिरबाट आउने खतरा रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एकराज बिकले आयुर्वेद औषधि स्वास्थ्यको लागि निकै उत्कृष्ट रहेको भन्दै सरकारले यसको विकासमा ध्यान दिनुपर्ने बताए । जति खाए पनि बिगार नगर्ने बरु सन्चो गर्ने औषधिको विकल्प अरु औषधि हुनै नसक्ने उनले बताए । 

मन्त्रालयका सचिव पुस्कर राजपन्तले  स्वेदशी कच्चा पदार्थबाट भारतमा उत्पादन भएको करोडौं मुल्यको औषधि नेपाल आयात हुदै आएको छ । त्यसलाई प्रतिष्थापन गर्नका लागि पनि औषधि उत्पादन थाल्ने योजना छ । स्वेदशी कच्चा पदार्थ प्रयोगले आयातीत औषधि विस्थापन गर्न सक्छ, मन्त्रालयका सचिव पन्तले भने ।

मन्त्रालयको स्वास्थ्य महाशाखाले प्रदेशमा औषधि उत्पादनको सम्भाव्यता अध्ययन थालिसकेको महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बताए । प्रदेश ५ मा एक क्षेत्रीय, तीन अञ्चल र अधिकांश जिल्ला औषधालय  सहित ५२ वटा केन्द्रवाट रहेकाले समेत औषधि उत्पादनमा सहज हुने उनले बताए ।

कार्यक्रममा लुम्बिनी अञ्चल आर्युबेद अस्पतालका प्रमुख डा. रमेश केसीले औषधि उत्पादननको सम्भवना र फर्मासिस्ट मनिस केसीले औषधि उत्पादनको प्राबिधिक पक्षको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा यसक्षेत्रका आयुर्बेद चिकित्सक डा रेवतिरमण पौडेल डा खडानन्द पौडेल कार्यक्रम संयोजक गणेश भट्राई स्वास्थ्य शिक्षा अधिकृत सैलेन्द्र पान्डे   जिल्ला वनकार्यलय पाल्पाका सहाएक बन अधिकृत प्रेम चौधरी लुम्बिनी अञ्चल  आयुर्वेदीक अस्पतालका योग संयोजक बिष्णुहरि आर्चाय  लगायतका अन्य सरोकारवालाहरुले आयुर्वेदको बारेमा जानकारी गराएका थिए   उनीहरुले औषधी उत्पादन गर्नेको लागी यसक्षेत्रमा संकलन केन्द्रको आबश्यकता  रहेको बताएका थिए । नेपालमा उत्पादन हुने अधिकांश भारतमा जाने र महँगोमा औषधी किन्नुपर्ने समस्या अन्त्य गर्नुपर्ने बताए ।


Views: 0