21st September | 2018 | Friday | 11:54:44 AM

बालबालिकाको आँखामा हुने दृष्टिदोष

  POSTED ON : Saturday, 07 July, 2018 (7:30:53 PM)

बालबालिकाको आँखामा हुने दृष्टिदोष

हिमालय टाइम्स । विभिन्न कारण आजकालका धेरैजसो बच्चाहरुको आँखामा समस्या भएको पाइन्छ । आँखाले देखेको वस्तुको आकृति आँखाको भित्र रेटिनामा बन्दछ । आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्टाउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ । बालबालिकामा यो समस्या भएमा उनीहरुले टाढा, नजिक अथा दुवै राम्ररी देख्न सक्दैनन् ।

दृष्टिदोषका लक्षण

पुस्तक वा कक्षाकोठाको ह्वाइटवोर्डमा अक्षर राम्ररी नदेख्ने भएकाले पढ्न सक्दैनन् । देखि नै हाले पनि भ्रमात्मक (धमिलो) अक्षर देख्नाले सिकाइमा कमि अथवा ढिलो हुन सक्दछन् । टाढा वा नजिकको वस्तु राम्ररी देखिदैन । दृष्टिदोष भएका बालबालिकाले टाउको दुख्यो भनेर भन्ने गर्दछन् । आँखा डेढो भएको कारण पनि यस्तो हुन सक्छ ।

यसको उपचार 

समयमा नै गरिएको दृष्दिदोषको उपचारले सम्भावित आँखाको अल्छिपना तथा अन्धोपन हुनबाट बचाउँछ। त्यसकारण नजिकैको आँखा केन्द्र वा आँखा असपतालमा गएर आँखाको उपचार गराउनु पर्छ। आँखाको जाँच गराई चिकित्सकको सल्लाह अनुसार चस्माको प्रयोग गर्नुपर्छ। दृष्टिदोष भएका बालबालिकाको प्रत्येक ६÷६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्छ। यदि समयमा उपचार नभए बच्चाको आँखाको दृष्टि विकास राम्ररी हुनपाउँदैन। फलस्वरुप पछि गएर सदाका लागि बालबालिकालाई दृष्टिविहिन बनाउन सक्छ । यसर्थ समयमै बच्चाको आँखा चेक जाँच गराउनु राम्रो हो ।


Views: 0