19th October | 2018 | Friday | 3:32:18 AM

स्क्रब टाइफस फैलिँदै

हिमालय टाइम्स   POSTED ON : Tuesday, 18 September, 2018 (2:39:24 PM)

स्क्रब टाइफस फैलिँदै

चितवन  । चितवन जिल्लामा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको पाइएको छ । कुल ८०२ जनाको परीक्षण गर्दा गएको साउन र भदौ महिनामा मात्रै कुल १४५ जनामा स्क्रब टाइफस देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये चितवनका ५०, नवलपरासीका ३७, गोर्खाका २२ र अन्य जिल्लाका ३६ जना छन् । चितवनको शहरी इलाकामा यसको संक्रमण बढ्दै गएको बताइएको छ । आँखाले देख्न नसकिने मुसाको कानमा हुने ‘माइट’ नामक जीवाणुको टोकाइबाट यसको संक्रमण हुने बताइएको छ । 


Views: 34