17th December | 2018 | Monday | 12:46:59 AM

पिसाव किन पोल्छ ? यसका कारण.....

  POSTED ON : Sunday, 23 September, 2018 (8:32:04 PM)

पिसाव किन पोल्छ ? यसका कारण.....

काठमाडौं । हामी धेरैलाई पिसाब पोल्ने समस्या हुनसक्छ । कतिपयले यो समस्या लुकाइराखेको पनि हुन सक्छौ ।  पिसाब पोल्ने धेरै कारणहरु मध्ये धेरैलाई देखिने कारणहरु यसप्रकार छन् ।

मुख्यतः पिसाव पोल्ने प्रमुख कारणमा पिसाव नलीको संक्रमण नै हो । पिसाब नलीको संक्रमण महिलाहरुमा धेरै देखिने गर्छ । गर्भवती अवस्थामा पनि यो धेरै देखिने समस्या हो ।  

 मिर्गौला, पिसाब जाने नली वा मूत्राशयको पत्थरीले पनि पिसाब पोल्ने लक्षण देखिन सक्छ । पत्थरीको कारणले  मुत्रनलीमा संक्रमण हुन मद्दत पुराउँछ र पिसाब पोल्ने लक्षण देखिन्छ । 

  विभिन्न यौनरोगहरु जस्तै गोनिरिया, क्लामैडिया आदिमा पनि पिसाब पोल्ने समस्या देखिन सक्छ । 

 पुरुषलाई पिसाब पोल्ने अन्य कारणहरु प्रोस्टेट ग्रन्थीको संक्रमण वा उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्नु पनि हो ।  

  पिसाब पोल्ने संगसंगै अरु के लक्षण देखिन सक्छ  ? यी रोगहरुमा पिसाब पोल्नेका साथसाथै अन्य निम्न लक्षणहरु पनि देखिन सक्छ ।

पिसाब गर्न गाह्रो हुने वा दुख्न ।  

चाडो चाडो पिसाब लाग्ने 

पिसाब थाम्न गाह्रो हुने । 

पिसाबमा रगत देखिने ।

 पिसाबको रंग बदलिने वा गाडा हुने  दायाँ वा बायाँ कम्मर दुख्ने  ज्वरो आउने, टाउको दुख्ने, काम्ने, चिडचिड पसिना आउने आदि ।–हेल्थ टिप्सबाट 

 


Views: 134