17th December | 2018 | Monday | 12:57:41 AM

मोटोपना घटाउने सरल उपाय

  POSTED ON : Monday, 24 September, 2018 (9:21:45 PM)

मोटोपना घटाउने सरल उपाय

हिमालय टाइम्स । मोटोपन बढ्ने कारणहरु खोतलेर त्यसको सही व्यवस्थापन गर्नु नै मोटोपनबाट छुटकारा पाउने सरल उपाय हो । 

मनतातो पानीमा कागती निचोरेर रस राख्नुहोस् र केही नुन समेत थप्नुहोस् । यसरी बनाइएको कागती पानीलाई हरेक विहान पिउने गर्नुहोस् । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ ।

बढि भात खाने बानी त्याग्नुहोस् भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस खाने गर्नुहोस् ।

चिनिजन्य परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तेल बढि मात्रामा भएको परिकार नखानुस् ।

हरेक विहान खुला प्राकृतिक स्थानमा गएर आसन एवं प्रणायमको अभ्यास गर्नाले पनि तौल घटाउने मद्दत पुग्दछ । विहान खाली पेटमा एक गिलाश सुद्ध मोहिमा स्वाद अनुसार बीरेनुन घोलेर पिउनाले अनावश्यक बोसो लाग्दैन । विहान एक चम्चा मह तातो पानीमा मिसाएर पिउनाले शरीरमा भएको बेकार युक्त बोसो हटेर जान्छ । प्रत्येक दिन सुत्ने सयम मनतातो पानीमा १ या २ चम्चा त्रिफला चूर्ण पिउनाले पनि अनाश्वसक मोटोपनामा कमि आउँछ ।

त्यसैगरी शरीरमा अनावश्यक मोटोपना हुन नदिने चिल्लो पदार्थको सेवन नगर्ने । वरु वदाम, ओखर खाने । कागती खाने । बढी नसुत्ने, खाने बित्तिकै कहिल्यै नसुत्ने ।


Views: 160