17th December | 2018 | Monday | 1:03:05 AM

कन्डम खरिदकर्ता पुरुषभन्दा अधिक महिला– यस्तो छ यसको इतिहास

  POSTED ON : Tuesday, 25 September, 2018 (7:28:42 PM)

कन्डम खरिदकर्ता पुरुषभन्दा अधिक महिला– यस्तो छ यसको इतिहास

 काठमाडौं । कन्डमको इतिहास १५ हजार वर्ष पुरानो रहेको पाइएको छ । लगभग १३५० ई.पू जनवरीको अन्तबाट कन्डम बनाउन शुरु गरिएको हो । कन्डमको इतिहास १५ सय बर्ष पुरानो मानिएको छ । फ्रान्सको एक गुफा कन्डम आकारको रहेको र यसको निर्माण करिव १५ हजार बर्ष अघि भएको हुनाले कन्डम पनि सोही समयताका प्रयोगमा आएको अनुमान गरिएको छ ।

 कन्डम, सुरक्षित यौनसम्पर्ककालागि प्रयोग हुदै आएको परिवार नियोजनको भरपर्दो र लोकप्रिय साधन हो । संसारभरिमा एक बर्षमा लगभग ५ अर्ब भन्दा धेरै कन्डम प्रयोग गरिन्छ ।

आधुनिक युगसंगै बिभिन्न यौनजन्य रोगहरुबाट बच्न यसको प्रयोग अपरिहार्य भएको ठहर गर्दै अन्तर्राष्ट्रिय स्तरबाटै जनचेतनामुलक कार्यक्रमहरु समेत हुदै आएका छन् । 

प्रस्तुत छ कण्डमसँग सम्बन्धित केही रोचक तथ्यहरु यस्ता छन् । कन्डम शब्द ल्याटिन भाषा कन्डस शब्दबाट आएको हो । कन्डस शब्दको अर्थ सन्दुक हो । संसारमा सबैभन्दा धेरै कन्डमको प्रयोग दक्षिण अफ्रिकामा हुने गर्दछ । भ्यालेन्टाइन डे को दिन संसारभर कन्डमको बिक्री ३० प्रतिशतले बृद्धि हुने गरेको एक अध्ययनले देखाएको छ । सबैभन्दा पुरानो कन्डम स्वीडेनमा पाइएको छ । पुरुषले भन्दा महिलाले बढि कन्डम खरिद गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

कन्डम बनाउने समयमा कन्डम भित्र प्वाल परेको छ वा छैन भनेर जाँच्नको लागि इलेक्ट्रिक करेन्ट छोड्ने गरिन्छ । पछिल्लो समय कन्ंडम पुरुषको लागि मात्र नभई महिलाको प्रयोगका लागि समेत बनेका छन् ।–एजेन्सी


Views: 110