21st November | 2018 | Wednesday | 10:39:04 AM

गुलिया मिठाई रोगको भारी !

पार्वती थापामगर   POSTED ON : Sunday, 04 November, 2018 (6:16:10 PM)

गुलिया मिठाई रोगको भारी !

काठमाडौं । चिल्लो र गुलियो खानेकुरा स्वास्थ्यको लागि हानिकारक हुन सक्ने चिकित्सकहरूले बताएका छन् । त्यसैले आसन्न तिहारमा खानपानमा सजग हुनुपर्ने उनीहरूको सुझाव छ । 

तिहारमा चिल्ला र गुलिया सामान अत्यधिक सेवन गर्ने चलन छ । खाएपनि कम मात्रामा खानुपर्ने चिकित्सकहरू सुझाव छ । तिहारको बेला मिठाई, सेलरोटी, माछा, मासुलगायत धेरैथरीका खानेकुरा खाने चलन छ । तिहारमा हरेक नेपालीको गुलिया र चिल्ला परिकारहरू पाक्छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई मन पर्ने खानेकुराको रूपमा विभिन्न मिठाईलगायतका चिल्लोयुक्त खानेकुरा दिने चलन छ । 

पोषणविद् पूर्णचन्द्र वस्ती पर्वको नाममा अस्वस्थ खानेकुरा खाने चलनले मानिसहरू घातक रोगको सिकार हुन थालेको बताउँछन् । स्वास्थ्यमा नकारात्मक असर नपर्ने ानपानमा ध्यान जानुपर्ने उनको भनाइ छ । नका अनुसार अहिले बढ्दो सुगर, प्रेसर एवं अन्य कारणले पहिले जस्तो ध्यानै नदिई मिठाई खाने चलन घट्दो छ । मिठाई चियासँग, खाजा वा खानापछि डेजर्टका रूपमा तथा खुसी साटासाट गर्न प्रयोग गरिन्छ । स्वास्थ्यका दृष्टिले मिठाईलाई मिठाईकै रूपमा थोरै खन पोषणविद् वस्तीको सुझाव छ । 

यस्ता परिकारले चाडपर्वमा ग्यास्ट्रिकको समस्या निम्त्याउनुका साथै लामो समयसम्म अन्य कुनै पनि खानेकुरा खान मन नलाग्ने समस्या हुने पनि उनले बताए । यसरी धेरै समय भोकै बसेर चिल्लो खाँदा ग्यास्ट्रिकको समस्याले झनै बढी पीडा दिन्छ । 

यस समयमा धेरै क्यालोरीयुक्त खानेकुराको बढी खाइने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकको भनाइ छ । तिहारका गुलिया परिकारबाट मधुमेह, रक्तचापलगायत रोग भएका व्यक्तिले टाढै रहनुपर्ने उनीहरूको सुझाव छ ।  

डा. सुदिप श्रेष्ठ मिठाई तथा जेरीमा बढी चिल्लो र चिनी हुने भएकाले पनि उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीले छुन समेत नहुने बताउँछन् । उनले यस्तो परिकार सेवन गर्दा क्यान्सर, मुटु रोग, पक्षघात, मधुमेह, उच्च रक्तचापका रोगहरू निम्तिने बताए । 

उनका अनुसार जुनसुकै खानेकुरा पनि सीमित परिमाणमा खानुपर्छ । चाड हो जति खाए पनि केही हुन्न भन्ने मानसिकताले कतिपय व्यक्तिहरू कहिल्यै निको हुन नसक्नेगरी बिरामी परेका छन् । मिठाई पनि सीमित मात्रामा मात्रै खानुपर्छ । गुलियो धेरैलाई मन पर्छ । मिठो भयो भन्दैमा पाएजति खानु हुँदैन । कोलस्ट्रोल बढी हुने चिल्ला परिकार खाँदा विचार पु¥याउनुपर्ने डा. श्रेष्ठको सुझाव छ । 

यस्तै, उच्च रक्तचाप र कलेजोका बिरामीले चिल्लो, घिउ एवं बोसोजन्य कुराहरू खानु नहुने पनि उनको सुझाव छ । यसले रक्तचापका साथै तौल पनि बढाउने काम गर्ने उनले बताए । चिल्लो पदार्थको बढी प्रयोग गर्दा धमनीमा रगत जमेर क्रोनरी आर्टरी रोग लाग्ने पनि उनले बताए । 


Views: 47