25th June | 2019 | Tuesday | 11:39:59 AM

कतै बाथ त होइन !

रमा लुइँटेल   POSTED ON : मंसिर १५, २०७५ (८:४७ AM)

कतै बाथ त होइन !

के तपार्इंलाई चिसो याम सुरु भएपछि हात गोडाका जोर्नी दुख्ने र सुन्निने हुन्छ ? बस्न उठ्नै गाह्रो हुने गरेको त छैन ? यदि यस्ता लक्षण देखापरेका छन् भने त्यो बाथ रोग हुन सक्छ । विशेषगरी जाडो मौसमले बाथ रोगका बिरामीलाई धेरै असर गर्छ । त्यस्तो त अन्य मौसममा बाथ रोगको लक्षण देखा नै नपर्ने होइन । मानव शरीरलाई कुँजोसमेत बनाउन सक्ने यो रोगबारे धेरैलाई चेतना छैन । ‘चिसोले दुखेको हो, सधैं दुखिराख्छ’ भन्दै हेलचेक्र्याइँ गर्दा बाथ रोग विकराल स्वास्थ्य समस्यासमेत बन्दै गएको छ ।

रोग निधोरक शक्तिले आफ्नै शरीरलाई असर गर्दा लाग्ने रोग बाथ भएको बताउँछन् बाथरोथ विशेषज्ञ डा. विनित वैद्य । उनी भन्छन्, ‘यो रोग लाग्दा पहिलो असर हाडजोर्नीमा पर्छ, जसले गर्दा हाडजोर्नी सुनिन्छ, दुख्छ ।’ रोग निरोधक शक्तिले शरीरको कुनै पनि अंग मुटु मृर्गौला, छालालाई असर गर्न सक्छ । दुख्ने सुन्निनेबाहेक घाउहरू आइराख्ने, लामो समय ज्वरो आउने, आँखा रातो हुने, कपाल धेरै झर्ने पनि बाथ रोगका लक्षण हुन् । यो रोग चिसोमा बस्ने, धुवाँमा बस्ने, चुरोट खाने, हार्मनको गडबढी हुने मानिसमा धेरै देखिन्छ । पुरुषको तुलनामा महिलाहरू बढी बाथ रोगबाट ग्रसित हुन्छन् । डा. वैद्य यसको कारण खुलाउँछन् । भन्छन्, ‘महिलामा बाथ धेरै देखिनुको कारण हर्मोनले गर्दा हो ।’

बाथ एक सयभन्दा माथिका हुन्छन् । शरीरको रोग निरोधक शक्तिले कुन अंगलाई असर गर्छ, त्यसकै आधारमा बाथको प्रकार भन्न सकिन्छ । धेरैजसो बाथमा हाडजोर्नी दुख्छ । सुरुमा दुख्ने, सुन्निने र रातो हुने हुन्छ । त्यसपछि अन्य लक्षण देखा पर्छन् । ढाडको बाथ पुरुषमा धेरै देखिन्छ । यो बाथमा राति ढाड दुख्ने, क्रर्कक पार्ने, बिहान उठेपछि दुखाइ कम हुँदै जान्छ । 

हाड जोर्नीसँग सम्बन्धित समस्यामा पनि हाड, जोर्नी र नसामै असर गर्छ । त्यसैगरी बाथ रोगमा पनि धेरै प्रभावित हाडजोर्नी नै हुन्छ । त्यसैले बाथ रोग र हाडजोर्नीसँग सम्बन्धित समस्या कुन हो त्यो पत्ता लगाउन सकिने बताउँछन् डा. वैद्य, भन्छन्, ‘बाथ रोग भए आराम गर्दा हाड जोर्नी दुख्छ, हाड जोर्नीसँग सम्बन्धित समस्या भए आरामा गर्दा हाडजोर्नी दुख्दैन वा कम दुख्छ । हिँडडुल गर्ने, उठ्ने, काम गर्ने गर्दा बाथ रोगीले हाडजोर्नी दुखेको महसुस गर्दैनन् । 

चिकित्सकहरू बाथ हो कि होइन, त्यो थाहा पाउने यो सजिलो तरिका भएको बताउँछन् । थाइराइड, उच्च रक्तथाप, मधुमेह जस्तै बाथ पनि एक किसिमको दीर्घ रोग हो । समयमै रोगको पहिचान भई त्यसैअनुसार उपचार गराए यो रोग निको हुने डा. वैद्य बताउँछन् । उनका अनुसार ढिलो पहिचान भएको अवस्थामा जीवनभर औषधि सेवन गर्नुपर्ने अवस्था हुनसक्छ । 


Views: 110