27th March | 2019 | Wednesday | 5:54:02 AM

औषधि लिमिटेडका महाप्रबन्धकले दिए पदबाट राजीनामा

  POSTED ON : पुष ४, २०७५ (१२:५६ PM)

औषधि लिमिटेडका महाप्रबन्धकले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिएका छन् । 

खुला प्रतिस्पर्धाबाट सो पदमा उहाँले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हालेका थिए । आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उनले जानकारी दिए । उनले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन ःसञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराएका थिए । रासस


Views: 79