27th March | 2019 | Wednesday | 6:38:24 AM

कारागारका कैदी सहित ११२ जनाले गरे रक्तदान

वद्री नयाँघरे   POSTED ON : पुष २२, २०७५ (१:३५ PM)

कारागारका कैदी सहित ११२ जनाले गरे रक्तदान


रामेछाप । जिल्ला कारागार रामेछापका कैदी बन्दीहरुले पहिलो पटक  रक्तदान गरेका छन् । व्रजमोहन सुभद्रादेवी स्मृति प्रतिष्ठान सालु रामेछापले रामेछाप बजारमा आयोजनामा गरेको रक्तदान कार्यक्रममा कैदीवन्दिहरुले रक्तदान गरेको हुन् । विभिन्न अपराधमा कैद सजाय भोगीरहेका ६८ जना कैदी बन्दीहरुले रक्तदानमा सहभागीता जनाएका छन् । जिल्ला कारागार रामेछापका प्रमुख प्रमोद अधिकारी र अन्य कर्मचारीले पनि कार्यक्रममा रक्तदान गरेका छन् ।

रक्तदान पछि खुसी हुँदै विगत ९ बर्ष देखि कैद भुक्तान गरीरहेका नुवाकोटका बसन्त थापाले भने, ‘हामी पनि अरु मान्छे जस्तै हौँ, हामी पनि विभिन्न सामाजिक सेवा गर्न सक्छौँ । उनले थपे, हाम्रो रगतले कसैको ज्यान बाँच्छ भने हामी अझै पनि रक्तदान गर्न तयार छौँ ।’

कैदीबन्दीले रक्तदान कार्यक्रममा सहभागी भएर समाजसेवामा पु¥याएको योगदानको उच्च मुल्याङ्कान गर्नु पर्ने प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रसाद काफ्लेले बताए । रक्तदान कार्यक्रममा जिल्लाका अन्य ४२ जना सर्वसाधरणले समेत रक्तदान गरेको छन् । त्यस्तै प्रतिठानले रक्तदान सँगै गरेको निशुल्क स्वास्थ्य  शिविरबाट तीन सय जनाले सेवा लिएका छन् ।

प्रतष्ठानले विगत १० बर्ष देखि शिक्षा, स्वास्थय लगायत विभिन्न विपत्तमा काम गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।  


Views: 69