24th February | 2020 | Monday | 9:26:23 AM

बज्रबाराहीका विद्यार्थीले गरे रक्तदान

  POSTED ON : फाल्गुन १७, २०७५ (५:०१ PM)

बज्रबाराहीका विद्यार्थीले गरे रक्तदान

ललितपुर । चापागाउँस्थित बज्रबाराही क्याम्पसले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । 

नेपाल रेडक्रस सोसाइटी चापागाउँ उपशाखाको सहयोगमा गरिएको उक्त कार्यक्रममा रक्तदान गर्नेमा विद्यार्थी , शिक्षक र सर्वसाधारण समेत छन् ।

बज्रबाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर महर्जनले यस्ता कार्यक्रमले विद्यार्थीलाई सामाजिक काम गर्ने प्रेरित गरेको बताए । उनले रक्तदान जीवनदान भएको बताउँदै नयाँ पुस्तालाई यो कार्यमा प्रेरित गर्नुपर्ने बताए । 

क्याम्पसक संयोजक रोशन महर्जनले यो कार्यक्रमले विद्यार्थीलाई सामाजिक काम गर्न प्रेरित गरेको बताए । यस्ता कार्यक्रमलाई दिने बताउँदै यसलाई निरन्तरता दिने बताए ।  

नेपाल रेडक्रस सोसाइटी चापागाउँ उपशाखाका प्रमुख मदन श्रेष्ठले रक्त संकलन महत्वपूर्ण भएको बताउँदै शरीरमा खेर गइराखेका रगत दान गर्न सबैलाई प्रेरित गर्नुपर्ने बताए । स्वस्थ व्यक्तिले गर्ने रगत दान धेरैको जीवन भएको बताउँदै रक्तदानको महत्वबारे जनचेतना जगाउनुपर्ने बताए ।


Views: 428