27th June | 2019 | Thursday | 4:13:48 PM

एलबीईएफ क्याम्पसमा रक्तदान सम्पन्न

हिमालय टाइम्स   POSTED ON : जेठ १०, २०७६ (८:१४ AM)

एलबीईएफ क्याम्पसमा रक्तदान सम्पन्न

 काठमाडौं । मैतिदेवीमा अवस्थित एल बी ई एफ क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार क्याम्पसको हाता भित्र भएको रक्तदान कार्यक्रममा ४५ जना भन्दा बढी ब्यक्तिले रक्तदान गरेका छन् । लायन्स क्लव अफ काठमाडौं उद्यान तथा लायन्स क्लव अफ काठमाडौं समर्पणको आयोजना र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहआयोजनामा भएको उक्त कार्यक्रममा करिव २५ जना विद्यार्थी र २० जना शिक्षक–शिक्षिका तथा कर्मचारीले रगत दान गरेका थिए ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतिदेवीले बर्षै पिच्छे रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा कलेजका कार्यकारी निर्देशक पंकज जलान, एकाडेमिक डाइरेक्टर प्रकाश कुमारलगायत नेपाल रेडक्रस सोसाइटी काठमाडौं, लायन्स क्लव आफ काठमाडौं आबद्ध ब्यक्तिहरुकोे उपस्थिति थियो ।

विगत २० बर्षदेखि विद्यार्थीलाई गुणस्तरिय शिक्षाका अलावा अतिरिक्त क्रियाकलाप तथा सामाजिक क्रियाकलापमा एलबीईएफले सहभागी गराउँदै आएको छ ।

 जीवनोपयोगी गुणस्तरिय शिक्षासँगै यहाँ अध्ययन गर्ने विद्यार्थीलाई यसप्रकारको सामाजिक काममा पनि अग्रसर गराउनु शिक्षा ग्रहण कै पाटो भएकाले कार्यक्रमलाई विगतदेखि नै निरन्तरता दिइएको कार्यक्रममा उपस्थित निर्देशक पंकज जलानले बताए । उनले बर्तमानका विद्यार्थीको काँधमा देशको भविष्य भएकाले शिक्षासँगै सामाजिक उत्तरदायित्व बहन गर्दै जानु पर्ने बताए ।

रक्तदान गर्नेहरुलाई सर्टिफिकेट समेत प्रदान गरिएको थियो । 



Views: 182