24th February | 2020 | Monday | 6:56:18 AM

७५ जनालाई डेंगुको संक्रमण देखियो

  POSTED ON : जेठ २०, २०७६ (५:४८ PM)

७५ जनालाई डेंगुको संक्रमण देखियो

काठमाडौं । गर्मी सुरु भएसँगै पूर्वाञ्चलमा  डेंगुको संक्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार धरानमा मात्रै हालसम्म ७५ जनामा डेंगु फेला परेको छ ।

डेंगु देखिएकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पताल गरि दुई अस्पतालमा गरिएको परीक्षणमा १ सय १३ जनामध्ये ६३ जना र विजयपुर अस्पतालमा १३ जनामा डेंगु फेला परेका छन् ।

हालसम्म संक्रमण देखिएका कसैको पनि मृत्यु नभएको र स्थीति नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ ।

प्रभावित क्षेत्रमा महाशाखा र जिल्ला स्वास्थ्य कार्यालयबाट आवश्यक औषधि तथा अन्य किट बक्स पठाइएको छ । 


डेंगु रोगले सक्रमित व्यक्तिहरुमा रुघाखोकी र तिब्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खलखली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने हुन्छ।


Views: 167