18th January | 2020 | Saturday | 2:53:12 AM

डेँगुविरुद्ध सचेतना तीब्र पार्दै रेडक्रस

  POSTED ON : असार १, २०७६ (५:४९ PM)

डेँगुविरुद्ध सचेतना तीब्र पार्दै रेडक्रस

धरान । धरानमा केही दिन यता डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध हिसावले सरसफाई अभियान सञ्चालन गरेको छ । 

धरानको ८ र १५ नंवर वडा डेँगु संकटग्रस्त क्षेत्र घोषणा भएपछि घरभेट गर्ने, ड्र«ममा जम्मा गरिएका राखिएको पानी हटाउन सुझाव दिने र टोल आँगन सरसफाई गर्ने जस्ता काममा रेडक्रसका स्वयंसेवकहरु हरेक दिन विहान सक्रिय रहेका छन् ।

“४० जना रेडक्रसकर्मी र स्थानीय बासिन्दा गरी १०० जनाले हातमा कुचो र हसिँया लिएर सरफाईमा जुटेका छौँ । ” धरान स्थित रेडक्रसका अधिकृत शिवराम खड्काले बताए । उनले भने “१५ नं वडामा विहिबार, ८ नंवर वडामा शुक्रबार र १७ नंवर वडामा शनिवार विहान अभियानकै रुपमा घरदैलो गरियो । नेपाल रेडक्रस सोसाइटीका सभापती उमेश थापा, मन्त्री मुकुल कयस्थ, वार्ड अध्यक्ष लगायत  शिक्षक, बिध्यार्थीहरु, टोल बिकास संस्थाहरु सक्रिय छौँ ।”

यो प्रकोप धरानको अतिरिक्त इटहरी, विराटनगर र झापाका शहरी क्षेत्रमा पनि देखा परेको र ५०० वढी मानिसहरुमा फैलिएको जानकारी आएको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले बताए ।

 अहिलेको डेँगु एशियन टाइगर भनेर चिनिने छिर्के्मिर्के, टाटेपांग्रे लामखुट्टेले फैलाएको बताइएको छ । उज्यालोमा टोक्ने, सफा पानीमा फूल पार्ने भएकोले दिउँसो पनि ख्याल गर्नुपर्ने र जम्मा गरिएको सफा पानीलाई हटाउने वा राम्रोसंग हावा नछिर्ने गरी व्यवस्थित भण्डार गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।

८  जना संक्रमित भएको प्रतिवेदन आएको झापा रेडक्रसका सभापति लोकराज ढकालले दिए । रगतको आपुर्ति गर्नुपर्ने भएमा रेडक्रसले आपत्कालीन भण्डार गरेको ढकालले बताए ।

 त्यस्तै विराटनगरमा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र रेडक्रसलगायतका संस्थाहरुको संयुक्त वैठक गरी सचेतना कार्यक्रम अघि बढाउने सहमति भएकोे मोरङ रेडक्रसका सुवोध सिं ले बताए । उनले भने– सचेतनाको लागि पर्चा टाँस्ने काम सुरु गरिसकिएको छ । 

प्रदेश सरकार सक्रिय ः

प्रदेश सरकारका मन्त्रीहरुको समुपस्थितिमा धरानमा वैठक वसेको  र नगरपालिका लगायत सरोकारवाला सवै संस्थाहरुले संयुक्त एक्सन प्लान (कार्ययोजना) बनाई कार्य गरिरहेको धरान रेडक्रसले जानकारी दिएको छ ।


Views: 258