24th July | 2019 | Wednesday | 7:52:49 AM

रेडक्रस ऐनको मस्यौदा समितिमा डाक्टर दास

हिमालय टाइम्स   POSTED ON : असार ११, २०७६ (२:४६ PM)

रेडक्रस ऐनको मस्यौदा समितिमा डाक्टर दास

काठमाडौं । समाजसेवी डा. गौरीशंकर लालदासको संयोजकत्वमा रेडक्रस ऐन मस्यौदा तयारी समिति गठन गरिएको छ ।  उक्त समितिले आगामी साउन मसान्तभित्र रेडक्रस ऐनको मस्यौदा तयार गर्ने छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्यहरु प्रा. सुदर्शनप्रसाद नेपाल, सुरेन्द्रसिं ऐर, मनोजकुमार थापा,सूर्यचन्द्र न्यौपाने, केन्द्रीय सदस्य, श्री राजदेव यादव सो समितिका सदस्यहरु छन् । त्यस्तै, कास्की रेडक्रस सभापति डोलराज पाण्डे, नेरेसोका पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त र केन्द्रीय सभासद् लुना सुबेदी ढुङ्गाना पनि समितिमा सदस्य रहेका छन् । समितिको सचिवको जिम्मेवारी  नेरेसोका कानुन संयोजक विजय दाहाललाई दिइएको छ  ।

यही असार ६ गते शुक्रबार बसेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको २७६ औँ बैठकले संस्थाको कानुनी आधार बलियो बनाउन सो निर्णय गरेको हो । २७६ औँ बैठकका निर्णयहरु आज बुधबार सार्वजनिक गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गठन गरिएको तदर्थ केन्द्रीय कार्यसमितिबाट यस अघि गठित समितिमा पनि डा. दास संयोजकको रुपमा थिए । सदस्यहरुमा भने केही हेरफेर भएको छ । 

तर, यस अघि तदर्थ केन्द्रीय कार्यसमितिबाट गठन भएका अन्य सवै समितिहरु र नियमावलीहरुमा गरिएका हेरफेरलाई भने बर्तमान समितिले निरन्तरता दिइएको छैन । नेरेसोका अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ –“वि.सं.२०७१र१२र३० गते निर्वा्चित यस कार्यसमितिले गठन गरेकै विभिन्न समिति तथा सञ्चालक समितिहरू, नीति, नियमावली र निर्णयहरूलाई यथावत् कायम राखी परिचालन, कार्यान्वयन र मान्यता दिने बैठकले निर्णय ग¥यो ।” 


अदालत प्रति सम्मान :

संस्थाको वर्तमान केन्द्रीय कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिति २०७६ –२–६ गतेको पत्रद्वारा विघटन गरी तदर्थ समिति गठन गरेको विरूद्ध सर्वोच्च अदालतमा गरिएको  रिट निवेदन उपर सर्वोच्च अदालतबाट सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय “कार्यान्वयन नगर्नु नगराउनु” भनी गरेको अन्तरिम आदेशलाई नेरेसोको बैठकले सम्मान व्यक्त गरेको छ । सर्वोच्च अदालतमा रिट निबेदन दर्ता गरी कानुनी प्रकृयामार्फत् वर्तमान केन्द्रीय कार्यसमितिको पुनर्बहाली गराउन कार्य समिति अध्यक्षको हैसियतले संजीव थापाले पहल गरेका थिए । उनको पहल र समन्वयकारी भूमिकालाई बैठकले धन्यबाद दिएको छ । 

आन्तरिक अध्ययन र समीक्षाको लागि समिति गठन ः 

संस्थाको लागि जग्गा खरिद र रक्तसञ्चार सेवाको भवन निर्माण सम्बन्धमा भएका निर्णयहरुका बारेमा उठाइएका केही विषयहरुमा आन्तरिक अध्ययन र समीक्षा गरी केन्द्रीय कार्यसमिति प्रष्ट हुन केन्द्रीय सदस्य ललितजंग शाहीको संयोजकत्वमा एक समिति पनि नेरेसोले गठन गरेको छ  । केन्द्रीय सदस्यद्य   भूपतिलाल श्रेष्ठ र  श्री बिनोदकुमार बस्नेत सो समितिका सदस्य छन् । समितिले साउन मसान्तभित्र प्रतिबेदन दिनेछ ।

संस्थाको बैँक खाता सञ्चालन अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा विधान बमोजिम हुने र पाँचलाख सम्मको चेक हस्ताक्षर गर्न अख्तियार प्रत्यायोजन गर्ने निर्णयपनि यसै बैठकले गरेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।  उनले भने–यसका साथै अध्यक्ष र कोषाध्यक्षको अनुपस्थितिमा खाता सञ्चालनको वैकल्पिक व्यवस्था पनि गरिएको छ । 


Views: 57