24th February | 2020 | Monday | 9:18:19 AM

पाँचखाल १२ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न

हिमालय टाइम्स   POSTED ON : असार १२, २०७६ (४:०२ PM)

पाँचखाल १२ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । बाल विकास समाज र ग्लेन् फेमिली फाउनडेसन् हेल्पसको सहकार्यमा  एक दिने स्वास्थ्य शिविर सम्पनन भएको छ ।

बाल विकास समाज र ग्लेन् फेमिली फाउनडेसन् हेल्पसको सहकार्यमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको वडा नम्बर १२ मा रहेका महिला दिदी वहिनीहरुको लागि निशुल्क रुपमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको हो । सो शिविरबाट एक सय १५ जना महिलाले प्रत्यक्षरुपमा फाइदा लिएका थिए । 

उक्त शिविरमा महिलाहरुको स्वास्थ्य समस्याको परीक्षण गरी औषधी वितरण गरिएको थियो । उक्त सिविरमा मेडिसिटी अस्पतालका गाइनो इस्पेसलिष्ट डाक्टर सुप्रिया पाण्डे, डा. मनिषा झा सहितको टोलीले सहयोग गरेका थिए । शिविरमा महिलाहरुको विभिन्न स्वास्थ्य समस्या परीक्षण गर्नुका साथै उनीहरुलाई परामर्शका साथै औषधी समेत वितरण गरिएको थियो । शिविरमा पाँचखाल नगरपालिकाका उप प्रमुख लक्ष्मी दनुवार र वडा नम्बर १२ का वडा अध्यक्ष गोपाल बहादुर दनुवारको पनि सहभागिता रहेको थियो । 

शिविरमा सहभागी भएका महिला दिदीवहिनीहरुले निशुल्क रुपमा स्वास्थ्य जाँच गर्न पाउँदा खुशी लागेको बताएका थिए । यस वडामा ३, ४ वर्षदेखि यस किसिमको शिविर सञ्चालन नभएको हुनाले पनि हामीलाई स्वास्थ्य समस्या जाँच गराउन कठिन भएको र अस्पताल जान पनि टाढा भएको कुरा सहभागीहरुले बताएका थिए । समय समयमा आफ्नो स्वास्थ्य सम्बन्धी जाँच गराइरहनु पर्ने बारेमा पनि थाहा भएको कुरा सहभागीहरुले बताएका थिए । त्यस वडामा दनुवार समुदायका महिलाहरुको वाहुल्यता रहेको र उनीहरु आफूलाई कुनैपनि किसिमको रोग लागेमा लुकाएर बस्ने प्रवृत्ति थियो । 

उनीहरुलाई यसरी समस्या हुँदा अस्पताल जानुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि लाजको कारणले नजाने गरेको अवस्था थियो । यस कार्यक्रमले त्यहाँका महिलाहरुलाई आगामी दिनमा आफ्ना स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि अस्पताल जान पनि प्रेरित गर्ने विश्वास गरिएको छ । 


Views: 269