10th December | 2019 | Tuesday | 11:59:09 AM

मोतिपुर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण सम्पन्न

चन्द्रकान्त खनाल   POSTED ON : श्रावण २५, २०७६ (१:११ PM)

मोतिपुर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण सम्पन्न

रुपन्देही  । बुटबल उपमहानगरपालिक  वडा नं १७ मा रहेको मोतिपुर स्वास्थ्य चौकीमा  सामाजि क परिक्षण गरिएको छ । स्वास्थ्यचौकीले एक बर्षभित्र गरेका उपलब्धी र आगामी योजनाको बारेमा सबै सरोकारहरु बोलाएर जानकारी गराईएको हो ।  

बुटबल उपमहानगरपालिका बडा नं १७ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था संञ्चालन  तथा ब्यबस्थापन समितिका अध्यक्ष सन्त बहादुर रानाको प्रमुख आतिथ्य तथा मोतिपुर स्वास्थ्य चौकीका  ईन्र्चाज बिन्दु अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

समाजिक परीक्षण कार्यक्रममा बोल्दै सरोकारवाहरुले  हेल्थपोटको भवन नयाँ बनाउनु पर्ने सुत्केरी गराउनको लागि  प्रसुति गृह बनाउनु पर्ने स्वास्थ्य चौकीमाबाट दिईने सेवालाई सेवा ग्राहीले देख्ने तरिकाले बोर्ड बनाएर राख्नु पर्ने बताएका छन् । बुटबल उपमहानगरपालिका वडा नं १७, १८ र १९ बडाका सेवा ग्राहीले सेवा लिदै आएका छन् । 

सामाजिक परीक्षण कार्यक्रममा बोल्दै बडा नं १९ का बडा अध्यक्ष हिमबहादुर खत्रीले  बुटबल नगरपालिकाले गतबर्ष नै स्वास्थ्य चौकी बनाउन  जग्गा खोज्न भने पनि  अहिले सम्म  केहि नभएको बताए । एक बडा एक हेल्थपोष्टको अबधारण लागु गर्न समन्धी निकायलाई आग्रह गरे । उनले आवश्यक हेल्थपोष्टलाई सहयोग गर्ने र गरेको बताए ।

त्यस्तै वडा नं १८ का बडा अध्यक्ष हुम नाथ आर्चायले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउन आबश्यकता रहेको बताउदै स्वास्थ्यलाई सेवाग्राहीको भाबना अनुरुप लैजान पर्ने बताए । उनले एक वडा एक हेल्थपोष्टको अबधारण लागु गर्नु पर्ने बताउदै  अहिले रहेको हेल्थपोष्टलाई आवश्यक सहयोग गर्ने बताए । 

सामाजिक परिक्षणमा नेकपाका गंगाराम ढकाल, नेपाली कांग्रेसका ओमबहादुर घिमिरे स्थानीय समाजसेवी भीमप्रसाद न्यौपाने  टोल विकास संस्थाका प्रेम मस्र्याङदी महिला स्वास्थ्य स्वयमसेबिका लगायतले बोल्दै स्वास्थ्यलाई सर्वसुलभ बनाउन आग्रह गरे । उनीहरुले सेवालाई अझै गुष्णस्तरिय बनाउँदै लैजानुपर्ने बताउदै आवश्यक सहयोगको लागि आफुहरु सधै साथ रहेको बताए ।

बुटबल उप महानगर जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत कपिल गौतमले  नगरपालिकाको स्वास्थ्य नीति तथा आवश्यक  सहयोगबारे जानकारी गराएका थिए । उनले स्वास्थ्य स्थानिय तहमा आएपछि सुरुमा केही समस्या भएपनि अहिले यो हटेको र सहज सेवा दिईरहेको बताए । 

 प्रमुख  अतिथी  एवं बुटबल उपमहानगर पालिका बडा नं १७ का वडा अध्यक्ष अध्यक्ष सन्तबहादुर रानाले हेल्थपोष्टका बिषयमा आएका समस्यालाई तत्काल समाधान गर्दे लैजाने बताए । उनले हेल्थपोटबाट पाउने सेवा सुविधालाई कुनै कमि हुन नदिने बताए। उनले हेल्थपोटको भवन बनाउन पहल गर्ने बताए । स्वास्थ्य चौकी प्रमुख बिन्दु अर्यालले हेल्थपोष्टले एक बर्षमा  दिएको सेवा  कर्मचारी  समस्याको बारेमा जानकारी गराईकी थिईन । कार्यक्रम संञ्चालन  चन्द्रकान्त खनालले गरेका थिए ।


Views: 74