10th December | 2019 | Tuesday | 10:13:30 AM

पश्चिम नेपाल बस प्रालिद्वारा रक्तदान

  POSTED ON : श्रावण २७, २०७६ (५:०६ PM)

पश्चिम नेपाल बस प्रालिद्वारा रक्तदान

रुपन्देही । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफ्नो स्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रालीको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम अध्यक्ष दधिराम खरेलले शुभारम्भ गरेका थिए । 

प्रालीले यसअघि पश्चिम नेपाल बस व्यवसायी संघको स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएको थियो । हालैमात्र पश्चिम नेपाल बस व्यवसायी संघलाई रहेकोमा गरि पश्चिम नेपाल बस व्यवसायी प्रँलि नामाकरण गरिएको हो । 


संघले आफ्नो स्थापनाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेजस्तै यसवर्ष पनि ति कार्यक्रमलाई निरन्तरता दिईएको प्रँलिका अध्यक्ष्ँ दधिराम खरेलले जानकारी दिए । रक्तदान कार्यक्रममा यातायात व्यवसायी, मजदुर तथा सर्वसाधारण गरी ८५ जनाले रक्तदान गरेको प्रालीले जनाएको छ । 

त्यसैगरी प्रालीको स्थापनाको अवसरमा ६ लेन सडकको डिभाईडरमा वृक्ष्ाँरोपण गर्ने कार्यक्रम समेत तय गरिएको अध्यक्ष्ँ खरेलले जानकारी दिए । प्रालीले यसअघि संघका पूर्वअध्यक्ष्ँहरुको नामबाट स्थापित अक्षयकोषको रकमबाट तिलोत्तमा नगरपालिका वडा नं. १ स्थित दुर्गादत्त माविलाई आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको जनाएको छ । 

त्यस्तै हालै गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरो प्रभावित व्यक्तिहरुलाई भांडाकुंडा लगायतका राहत सामग्री प्रदान गरिने अध्यक्ष्ँ खरेलले जानकारी दिए । प्रालिले छिट्टै नै विपद् व्यवस्थापन तथा राहत कोष स्थापना गर्ने सोंच बनाएको अध्यक्ष खरेलले जानकारी दिए । 


Views: 70