13th December | 2019 | Friday | 5:14:31 PM

सुन्तला खाँदै हुनुहुन्छ ? कतै रोगी त होइन !

  POSTED ON : मंसिर १६, २०७६ (६:३७ PM)

सुन्तला खाँदै हुनुहुन्छ ? कतै रोगी त होइन !

काठमाडौं । बजारमा यतिबेला सुन्तलाका यत्र तत्र विक्रिमा राखेको देखिन्छ । हुनु पनि हो अहिले सुन्तलाको सिजन पनि हो । तर हामीले खाने सुन्तला कतिको स्वस्थ्य छ त्यो भने विचार गर्नुपर्ने भएको छ ।

सुन्तलाको दानामा कालो दाग देखिने समस्याका कारण उत्पादन र गुणस्तरमा ह्रास आएको छ । 

अधिकांश बगैँचाको सुन्तलाको दानामा कालो दाग लाग्ने समस्या देखिन थालेको कृषकले बताएका छन् । कालो दाग लागेको सुन्तलाको दाना सानो आकारको हुने, फोहर देखिने र खाँदा अमिलो हुने समस्या रहेको सुन्तला किसान बताउँछन् ।

राखु, मरेक, बास्कुना, बरञ्जा, भोर्नेनी, रुन्मा, ताकम, बिम, दोसल्ले, भुरुङ, नारच्याङ, घारको बगैँचामा कालो दाग लाग्ने रोग फैलिएको छ । दाग लागेको सुन्तलाको दाना कृषि प्रयोगशालामा परीक्षणका गर्नु पर्ने हुन्छ । कत्लेकीरा, सुतिमोल्ड र मिलीबग कीराका कारण सुन्तलामा कालो दाग लाग्ने समस्या देखिएको छ । यसर्थ हामीले खाने सुन्तलाको स्वस्थतामा विचार पुर्याएर खानु उचित ह्ुन्छ ।


Views: 170