10th April | 2020 | Friday | 3:36:14 PM

लुम्बिनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा सुरु

चन्द्रकान्त खनाल   POSTED ON : पुष २१, २०७६ (३:४८ PM)

लुम्बिनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा सुरु

रुपन्देही  । लुम्विनी प्रादेशिक अस्पताल बुटबलमा डायलोसिस सेवा शुभारम्भ भएको छ ।

सोमबार डायलोसिस सेवाको एक कार्यक्रममा बिच प्रदेश ५का सामाजिक विकास मन्त्री शुदर्शन बरालले शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै मन्त्री बरालले विरामी भएर अस्पताल आउनु पूर्व मृर्गौला सम्वन्धी जनचेतना जगाउन आवश्यक रहेको बताएका छन । 

उनले  लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा थप गर्दे लैजाने बताए । यसै बर्ष अस्पतालमा न्युरो सेवा बिस्तार गर्न गरेको बताए । मन्त्री बरालले हेमोडायलोसिस मात्र नभएर सबै सेवाको निरन्तरता जरुरी रहेको बताए ।

मन्त्री बरालले जनताको किड्नी बचाउनु सरकारको कर्तव्य भएको बताए । उनले एक जनामात्र नभएर समग्र टिमको कामबाट सफता मिल्ने भएकोले सबैले जिम्बेवारीका पूर्वक लाग्नुपर्ने बताए । 

सेवा सुभारम्भ कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल प्रमुख डा राजेन्द्र खनालले यस क्षेत्रको आशाको केन्द्रबिन्दु अस्पताल भएकोले सेवाको बारे सबैलाई सुसुचित गर्ने दायित्व भएको बताए । डा खनालले अस्पतालको सेवामा कुनै कमिहुन नदिने बताए । 

लुम्बिनी प्रादेशिक अस्पतालका हेमोडायलोसिस बिभाग प्रमुख डा शक्ति बस्नेत डायलोसिस सेवाको बारे जानकारी गराएका थिए । डा बस्नेतले अहिले ४ बेडबाट यो डायलोसिस सेवा दिने र पछि आवश्यकता अनुसार थप गर्दे लैजाने बताए ।  कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिब डा गोपिकृष्ण खनाल  स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमा शंकर चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन नर्सिङ अधिकृत ज्योति पौडेल गरेकी थिईन् ।


Views: 122