21st February | 2020 | Friday | 2:23:37 AM

नेपालमा पनि भेटियो कोरोना भाइरस संक्रमित

  POSTED ON : माघ १०, २०७६ (६:२९ PM)

नेपालमा पनि भेटियो कोरोना भाइरस संक्रमित

काठमाडौं ।  नेपालमा पनि एकव्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । 

चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको हो । 

चीनको उहान सहरबाट हालै नेपाल फर्किएका ती विद्यार्थीको उपचारसमेत भइसकेको छ । उनको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो। 

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी घर फर्किसकेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।


Views: 388