8th April | 2020 | Wednesday | 12:04:38 PM

झापामा ६५ भन्दा बढी क्वारेन्टाइन र आइसोलेसनमा

  POSTED ON : चैत्र ११, २०७६ (३:५२ PM)

झापामा ६५ भन्दा बढी क्वारेन्टाइन र आइसोलेसनमा

कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा झापामा ६५ जना भन्दाबढीलाई मङ्गलवार दिउँसोसम्म क्वारेन्टाइन तथा  आइसोलेसनमा राखिएको छ ।

 बैदेशिक रोजगारीबाट फर्किएकामध्ये शङकास्पद अवस्थाका नागरिकलाई पहिचान गरी क्वारेन्टाइनमा राख्न थालिएको हो । क्वारेन्टाइनमा राखिएकाहरुको नियमित स्वास्थ्य जाँच भइरहेको छ ।

झापा बाहुनडाँगीको सरस्वती प्राविमा पाँच जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरस्थित धाइजनको क्वारेन्टाइनमा १६ जनालाई राखिएको छ ।

बुद्धशान्ति गाउँपालिकामा १३ जना होम क्वारेन्टाइनमा छन् । भद्रपुरमा पनि सात जना होम क्वारेन्टाइनमै छन् । 

झापा गाउँपालिकामा १४ जना होम क्वारेन्टाइमा छन् । हल्दीवारीमा दुई, अर्जुनधारामा दुई र दमकमा एक जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । 

वैगुनधुराका दुई जना र शिवसताक्षीस्थित माइधारका एक जनालाई मङ्गलवार चन्द्रगढी क्वारेन्टाइनमा पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।

Views: 45