Date:2017/10/17 |Tuesday

यस्तो गराउँछ कब्जियतले

Posted on: March 03, 2015 | views: 108 |

कब्जियतले भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, टाउको दुख्ने, बान्ता र वाकवाक हुने, दिसा साह्रो भएर पाइल्स हुने आदि समस्या कब्जियतले ल्याउँछ । हाम्रो खानामा रेसादार पदार्थको सट्टा रेसा नभएको पदार्थ जस्तो–मैदा, बिस्कुट, चाउचाउ, केक आदि पदार्थहरूको बढी प्रयोगले गर्दा कब्जियत हुन्छ । साथै हिँडडुलको कमीले गर्दा पनि कब्जियत हुने र तौल बढ्ने हुन्छ । झोल पदार्थको नाममा आजकल कफि, कोकाकोला, फ्यान्टाजस्ता पदार्थहरू पिइन्छ । यस्ता वस्तुहरू पनि कब्जियतका लागि जिम्मेवार छन् । मध्यमवर्गीय परिवारको भोजनबाट रेसादार पदार्थ झण्डै–झण्डै हराइसकेको छ । त्यसमाथि पनि बच्चाहरूको खानाबाट हरियो तरकारी, मकै, भटमास, गाजरजस्ता रेसादार पदार्थ भएका खानेकुरा हटेर चिजबल, चाउचाउ, बिस्कुट आदि पदार्थको प्रयोग बढ्दै गएको छ । कब्जियत हटाउनका लागि दैनिक भोजन र खाजाबाट पनि यस्ता पदार्थहरू हटाएर विभिन्न किसिमका तरकारी, विशेष गरी बोक्रा सहितका तरकारीहरू जस्तो —गाजर, काँक्रो, मुला र त्यस्तै प्रकारले चना, भटमास, क्वाँटी आदि पदार्थको प्रयोग बढाउनु पर्छ । त्यसैगरी आँटा, मकै, कोदो, बोक्रा सहितको आलु, फापर र कोदोमा पनि रेसादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ ।

Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं