Date:2017/11/23 |Thursday

एसेम्बलिङ प्लान्टलाई प्रोत्साहित गर्नुपर्छ : अञ्जनकुमार श्रेष्ठ

Posted on: September 01, 2017 | views: 109 |

नेपालको व्यापारघाटा चुलिँदै गएको छ । न्यून निर्यात र अत्यधिक आयातका कारण हरेक वर्ष व्यापारघाटा बढ्दो क्रममा रहेको छ । व्यापारघाटा बढाउन अटोमोबाइल्स क्षेत्रले पनि महŒवपूर्ण भूमिका खेलेको देखिएको छ । अटोमोबाइल्ससँगै जोडिएको पेट्रोलियमले व्यापारघाटामा सघाएको छ । 

वार्षिक झण्डै एक खर्बबराबरको अटोमोबाइल्सको आयात हुने गरेको बताइन्छ । व्यापारघाटा न्यूनीकरणका लागि स्वदेशमै अटोमोबाइल्स उद्योग स्थापना गर्न सकिने भए पनि खासै पहल भएको देखिँदैन । यिनै विविधि विषयमा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष अञ्जन श्रेष्ठसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानी :

 

अञ्जनकुमार श्रेष्ठ

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)

 अटो मेलाको व्यवस्थापन कस्तो छ ?

अटोमोबाइल्स व्यवसायको विस्तारसँगै मेला व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । सीमित स्थानका कारण मेलामा सबै व्यवसायीलाई समेट्न सकिएको छैन । सन् २०११ देखि नाडाले हरेक वर्ष मेला आयोजना गर्दै आएको छ । त्यसभन्दा अघि २–२ वर्षको अन्तरालमा मेला हुने गरेको थियो । त्यतिबेला भृकुटीमण्डपको हलभित्रै मेला आयोजना गरिन्थ्यो तर अहिले भृकुटीमण्डपको पूरै क्षेत्र लिँदा पनि पुगेको छैन, कतिपय व्यवसायीले मेलामा सहभागी हुन पाउनुभएको छैन । मेलास्थल बढ्न सकेको छैन तर व्यवसायी बढेको बढ्यै छन् ।

 स्टलको व्यवस्थापन कसरी गर्नुभएको छ ?

सीमित स्थान भएकोले सबैले स्टल पाउन सक्ने अवस्था नभएका कारण हामीले गोला प्रथाबाट उपलब्ध गराउँदै आएका छौं । सहभागीहरूले निश्चित समयभित्र स्टलका लागि आवेदन दिनुपर्छ, त्यही आवेदनलाई गोला प्रथाबाट छनोट गरिन्छ । हरेक वर्ष स्टलको क्षेत्रफल घटाएर भए पनि हामीले बढीभन्दा बढी व्यवसायीलाई मेलामा सहभागी गराउने प्रयत्न गरिरहेका छौं तर यस्तो कहिलेसम्म गर्ने भन्ने अवस्था सिर्जना भएको छ ।

 अहिले अटोमोबाइलको कारोबारको अवस्था कस्तो छ ?

सन् २०१० पछि यसको कारोबार हरेक वर्ष बढ्दो क्रममा रहेको छ । हरेक वर्ष २० देखि ३० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अटोलोनमा ५० प्रतिशतको क्याप लगायो, त्यसपछि यसको कारोबार केही खस्कियो । त्यही क्यापका कारण प्यासेन्जर सेगमेन्ट सेल्स ड्रप भएर २०–२५ प्रतिशतमा खुम्चिएको थियो भने कमर्सियल सेगमेन्ट पनि ७०–८० प्रतिशतमा झरेको थियो । 

एकातिर केन्द्रीय बैंकले अटोलोनमा क्याप लगायो भने अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरूसँग तरलता अभाव पनि थियो । बैंकहरूसँग कर्जायोग्य रकम थिएन । प्यासेन्जर सेगमेन्ट क्याप र कर्जायोग्य रकम अभावका कारण प्रभावित भयो भने कमर्सियल भेहिकल भने कर्जायोग्य रकम अभावका कारण प्रभावित हुनपुग्यो ।

अहिलेको मौद्रिक नीतिबाट राहत मिल्यो होला नि ¤

चालु आर्थिक वर्षको मौद्रिक नीतिले अटोलोनलाई केही खुकुलो गरेको छ । अघिल्लो वर्षको ५० प्रतिशतको क्यापलाई हटाएर अटोलोन ६५ प्रतिशत पु¥याएको छ । नयाँ व्यवस्थाबाट अटोमोबाइल्स क्षेत्रलाई केही राहत मिलेको छ । अहिले बैंकहरूमा तरलता पनि बढेको छ । त्यही भएर होला नाडा अटो शोमा १० वटा बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाएका छन् । 

बैंक तथा वित्तीय संस्थाहरूले अटोलोनका आकर्षक योजनाहरू ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजेका छन् । अटोमोबाइल्स क्षेत्रका लागि यो सुखद पक्ष हो, यसले आगामी दिनमा अटोमोबाइल्स क्षेत्रको कारोबारमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

 अटोमोबाइल्स क्षेत्रमा वर्षमा कति कम्पनी थपिने गरेका छन् ?

यति नै कम्पनी थपिन्छन् भन्न सकिने अवस्था छैन, कुनै वर्ष बढ्न पनि सक्छ र कुनै वर्ष घट्न पनि सक्छ । अटोमोबाइल्स व्यवसायीले गाडीको मात्र कारोबार गरेका हुँदैनन् । गाडीका साथै मोटरसाइकल, लुब्रिकेन्ट, ट्युब, टायर, ब्याट्री र एसोसरिजलगायत विभिन्न सामान बिक्री गरिरहेका हुन्छन् । लगानीको वातावरण भयो भने व्यवसायी अवसर आफैं खोजेर ल्याउँछन् ।

 नेपालमै अटोमोबाइल उद्योग स्थापना सम्भव छैन र ?

सम्भव छ तर यसका लागि सरकारले नै अग्रसरता देखाउनुपर्छ । नेपालमै गाडी उत्पादनका लागि सबैभन्दा पहिले सरकारको मानसिकतामा परिवर्तन हुनुप¥यो । नेपालमा गाडीको जडान उद्योग प्रवद्र्धनका लागि सरकार तयार हुनुपर्छ । जडान उद्योगलाई पनि उद्योगको मान्यता दिनुप¥यो । उद्योगको आधारस्तम्भ नै एसेम्बलिङ हो । विश्वको इतिहास हेर्दा पनि एसेम्बलिङबाटै उद्योगको सुरुवात भएको देखिन्छ । 

अमेरिकाले फोर्ड गाडीको उत्पादन सुरु ग¥यो तर जापान, कोरिया र भारतले एसेम्बलिङबाट सुरु गरे । जापानले अमेरिकाबाट पार्टपूर्जा ल्याएर गाडीको उत्पादन सुरु ग¥यो । जापानको टोयोटा कम्पनीले पहिले सियो मात्रै उत्पादन गथ्र्यो, पछि अटोमोबाइल्स कम्पनीमा रूपान्तरण भयो । 

म हुण्डाइ गाडीको कारोबारमा छु, हुण्डाइ पनि एसेम्बलिङबाटै सुरु भएको थियो । भारतको मारुतीले सन् १९८५ तिर एसेम्बलिङबाटै गाडी उत्पादन सुरु गरेको थियो । त्यतिबेला उसले टायर र सीटमात्रै उत्पादन गथ्र्यो, बाँकी सबै बाहिरबाट ल्याएर जडान गर्ने हो । आज मारुतीका सबै पार्टपूर्जा भारतमै उत्पादन हुन्छ । त्यसैले सरकारले दीर्घकालीन सोच राख्न सक्नुपर्छ, जडान उद्योग पनि उद्योग हो भन्ने सोचाइ बनाउनुपर्छ ।

 व्यवसायीहरू स्वदेशमै गाडी उत्पादनका लागि तयार छन् त ?

हामी तयार छौं । सरकारले दीर्घकालीन सोच बनाएमा हामी सरकारसँग सहकार्य गर्न तयार छौं । १५–२० वर्षको योजना बनाउन तयार छौं । सुरुमा कति प्रतिशत स्थानीय कम्पोनेन्ट कति हुने, त्यसपछि कति थपिँदै जाने र पूर्णरूपमा कहिलेसम्म स्वदेशमै कम्पोनेन्ट उत्पादन गर्ने भन्ने तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ । त्यसका लागि सरकार व्यवसायीलाई सुरुमा अलि बढी सुविधा दिन तयार हुनुपर्छ ।

मध्यकालमा पुगेपछि हामी गाडीका कम्पोनेन्टहरू यही उत्पादन सुरु गर्नसक्छौं । गाडीसँग सम्बन्धित अन्य उद्योगहरू पनि स्थापनाको क्रम सुरु हुन्छ । जसले व्यापार विविधीकरण हुन्छ, रोजगारी पनि सिर्जना हुन्छ र मुलुक क्रमिकरूपमा औद्योकीकरणतर्फ अघि बढ्न थाल्छ । एउटा मोटरसाइकल उद्योग स्थापना हुँदा हजारौं पार्टपूर्जा उत्पादन हुन्छ, गाडीमा झण्डै ८ हजार पार्टपूर्जा हुन्छ । त्यसकारण सरकारले जडान उद्योगलाई किन सहुलियत दिने भन्ने सोच राख्यो भने यो मुलुकमा कहिल्यै पनि अटोमोबाइल्स उद्योग आउन सक्दैन ।

सन् १९८५ मा भारतका प्रधानमन्त्री राजीव गान्धीले त्यहाँको राजनीतिज्ञ र ब्युरोक्र्याट्समा रहेको जडान उद्योगप्रति नकारात्मक सोच परिवर्तन गरिदिएका थिए । उनले जडान उद्योगको परिभाषा नै परिवर्तन गरिदिए । सोही कारण भारत अहिले विश्वको ठूलो अटो बजार क्षेत्र बन्न पुगेको छ, विश्वका लगानीकर्ता भारतमा अटोमोबाइल्स क्षेत्रमा लगानी गर्न आकर्षित छन् । उनीहरूमा भारतमा लगानी गर्ने होडबाजी नै चलेको छ ।


 

  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं