Date:2017/11/23 |Thursday

धेरैले भन्छन् – छोरीभन्दा आमा तरुनी

Posted on: October 29, 2017 | views: 329 |

काठमाडौं । नेपाली लोकगीत क्षेत्रका पुराना गायक कुमार बस्नेतले दशकभन्दा अघि नै गाएको गीत हो ‘छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले’ । अहिले नेपाली गीतसंगीत क्षेत्रकी एक चर्चित गायिका मञ्जु पौडेललाई पनि कुमार बस्नेतको गीतको यही अंशले पछ्याइरहेको छ । उनी जहाँ आफ्नी छोरी स्नेहा पौडेललाई लिएर जान्छिन् त्यहाँ धेरैले भन्छन्, ‘छोरीभन्दा आमा तरुनी’ ।

मञ्जुले गाएका गीतहरूमध्ये ‘तिमी लाइटर म भाको चुरोट’, ‘तलतल लाग्यो मलाई’ लगायत केही गीतहरूबाट स्नेहाले मोडलिङ यात्रा सुरु गरेकी थिइन् । बालकलाकार हुँदा गायिका एञ्जिला रेग्मीको एक गीतको भिडियोमा अभिनय गरेपनि दर्शकले चिनेको भने मञ्जु पौडेलको गीतबाट हो । मञ्जुको गीतमा अभिनय गरेपछि उनलाई मोडलिङकै लागि धेरै अफर आएको थियो । 

राम्रो गीतको राम्रो भिडियोमात्र गर्ने भनेर निकै कम भिडियोमा मोडलिङ गर्ने स्नेहा पछिल्लो समय अभिनयतिर लम्किएकी छन् । केही वेब सिरिजमा अभिनय गर्दै आएकी उनले अहिले थिएटरमा अभिनयको कक्षा लिँदै आएकी छन् । यसैबीच मञ्जु गीत गायन तथा स्टेज उद्घोषिका रूपमा देश तथा विदेशमा ब्यस्त भइरहँदा छोरीले अभिनयको यात्राको पहिलो सिटी चढ्दै छिन् । आमा कलकारिता क्षेत्रमा भएका कारण दर्शकमाझ चिनिन सजिलो भएको बताउने स्नेहा र गायिका मञ्जु पौडेलले हिमालय टाइम्ससँग रमाइला अनि सांगीतिक यात्राका प्रश्नहरूमा रमाइलै उत्तर दिएका छन् । 




आमा–मञ्जु पौडेल

सँगै हिँड्दा नचिन्नेहरूले आमा छोरी भनेर विश्वास गर्छन् ? 

यस्तो धेरैपटक भएको छ । हामी कुनै कार्यक्रम, कुनै सपिङतिर सँगै हिँडिरहन्छौं, कतिले मलाई चिन्नुहुन्छ अनि छोरीलाई देखेको हुन्नँ अनि तपार्इंको बहिनी भनेर छोरीलाई देखाएर सोध्नुहुन्छ । मैले होइन भन्छु । अनि साथी भन्नु हुन्छ । होइन मेरो छोरी होभन्दा अचम्म पर्नुहुन्छ । एकपटक मैलेभन्दा पत्याउनु गा¥यो हुन्छ । साँच्चै मेरो छोरी हो भनेपछि विश्वास गर्न करलाग्छ । 

आमा बुढी नहुनुभएको कि छोरी छिट्टै तरुनी ? 

यहिले यसरी आमाछोरी सँगै साथीसाथी भएर हिँड्न पाउनुको राज मेरो बालविवाहको फाइदा होला । अरूलाई बालविवाहले घाटा गर्छ तर मलाई फाइदा गरेछ क्यारे (हाँसो) । सानै उमेरमा विवाह गरेको भएरै आज मजत्रै छोरी छिन् । आफ्नो कुरा शेयर गर्न सजिलो हुन्छ । साथीहरूमध्येको पनि ‘वेष्ट फ्रेण्ड’ स्नेहा नै हो मेरो । 

छोरीलाई आफ्नै गीतको भिडियोबाट मोडलिङमा डेब्यु गराउनु भयो, हल्ला आफ्नो गीतमा मात्र खेलाउनु हुन्छ भन्ने छ नि ¤ 

त्यस्तो होइन । छोरीले मेरो गीतबाट मोडलिङ सुरु गरेकी हुन् । अलि सानै छँदा एकगीतमा बालकलाकारको भूमिका निभाएकी थिइन् । तर, ठूली भएपछि मेरै गीतबाट आइन् । तपार्इंले भनेजस्तै मेरो गीतमा मात्र खेलाउने अरूको गीतमा खेल्न नदिने भन्ने होइन । उसलाई अफर आइरहेको हुन्छ तर उसको पढाइका कारणले गर्दा आफैंले म अहिले गर्दिन भन्छ । मैले यो कुरामा रोकछेक केही गरेको छैन । यो विषयमा छोरीलाई सोध्दा हुन्छ । मेरो तर्फबाट मोडलिङको क्षेत्रमा पूरै स्वतन्त्र छोरी ।

तपाईंलाई प्रेम प्रस्ताव कत्तिको आउँछन् ? छोरीको भन्दा बढी हो कि ?

अब यो क्षेत्रमा लागिसकेपछि प्रेम प्रस्ताव आउनु साधारण कुरा रहेछ । धेरै ठाउँमा हिँड्नुपर्छ धेरैको संगत गर्नुपर्छ । अलि पहिलासम्म त धेरै चिठ्ठी नै आउँथ्यो मोवाइल सबैसँग हुन्थेन । धेरै कार्यक्रममा जाने कार्यक्रममा आउनुभएका दर्शकले नै चिठ्ठी दिनुहुन्थ्यो । अहिले पनि केही चिठीहरू घरमा छन् जुन यतिकै राखेकी छु । छोरीको भन्दा बढी भन्नेमा चाँही अब दुईजना दाँज्ने कुरा त हुँदैन । स्नेहा र म बीच सबै शेयर हुन्छ उसलाई आएको प्रेम प्रस्ताव मलाई देखाउँछ, मलाई आएको कुरा पनि उसलाई थाहा हुन्छ । उसलाई आएको प्रेम प्रस्ताव हेरेको छु । उसलाई मोवाइलमा म्यासेज देखाउँछ ।

छोरीलाई आएको प्रेम प्रस्तावको रिप्लाई गरिदिनुभएको छ ? 

छ नि । धेरै पटक गरेकी हुँ । कतिपयले साधारण राम्रो लाग्छ मात्र भनेका हुन्छन् उनीहरूलाई धन्यवादमात्र भन्दिने त भइहाल्छ । तर कतिपय म्यासेजहरू रिशै उठ्ने प्रकारका आउँछन्, अलिक बढी क्रेजी नै भएका हुन्छन् त्यो बेलामा रिप्लाई गर्दिने गरेकी हुँ । एकपटक छोरी ९ कक्षामा पढ्दाको बेला हो । एकजनाले तिमी विना बाँच्दै सक्दिन भन्ने प्रकारको धेरै नै क्रेजी भएको म्यासेज गरेको रहेछन् छोरीले पनि मामु यस्तो–यस्तो म्यासेज आएको छ के गरौं भनेपछि मैले उसलाई रुखो नै भएर म्यासेज गरेकी थिएँ । अहिले तिम्रो लभ गर्ने बेला होइन् तिमी सानै छौं यसरीपछि नलाग । 

छोरीभन्दा आमा तरुनी जस्तै देखिनुहुन्छ, लिविस्टिक पाउडरले नै हो ? 

(हाँस्दै) लिविस्टिक पाउडले होइन । हामी सँगसँगै हिँड्नेक्रममा धेरैले जिस्किाउँदै भन्नुहुन्छ, छोरीभन्दा आमा तरुनी । सायद हामी आमाछोरी भएपनि उस्तैउस्तै देखिने भएर होला धेरैले त्यस्तो भन्नु हुन्छ । तर उमेर ले पनि बढी त मै छुँ हेर्दा नि फरक त भइहाल्छ । जे होस् म धेरै बुढी भइसकेकी छैन त्यसैले धेरैले त्यस्तो भन्नु भएको होला । 

छोरीको अलि फरक बानी केही छ त्यस्तो ? 

स्नेहाको फरक बानी भनेको ऊभित्र भएको ट्यालेन्ट झ्याप्पै शो गरिहाल्दैन । कुनै सुटिङहरू प¥यो भने कुनै अभिनय गरेर अहिले देखाउ त भन्यो भने उसले सुटिङस्थल मै गएर देखाउँछ । जे होस् जहाँ देखाउनुपर्ने हो त्यो चाँही देखाउँछु । अरूलेजस्तो अलि खुलाउँदैन । 



छोरी– स्नेहा पौडेल

साथीहरूले पहिलो पटक ममीलाई देख्दाको रमाइलो क्षण केही छ ?

अँ.. छ । धेरै साथीहरू झुक्किन्छन् । एक पटक ममी मेरो कलेजमा जानुभएको थियो । साथीहरूले देखेर तिम्रो दिदी हो भने, होइन मेरो ममी होभन्दा पत्याएकै थिएनन् । यस्तो धेरैपटक भएको छ । जति पनि साथीहरूले ममीलाई पहिलोपटक प्रत्यक्ष देख्छन् उनीहरूले साँच्चै तिम्रो ममी नै हो भन्ने प्रश्न गरेका हुन्छन् । 

ममीको गीतमा मात्र मोडलिङ गर्नुहुन्छ नि किन ?

त्यस्तै होइन । धेरैले ममीले अरूको गीतको भिडियो गर्न नदिनुभको भन्ने कुरा गर्नुहुन्छ तर यो सबै हल्लामात्र हो । म अहिले आफ्नो पढाइमा केन्द्रित भएकाले मैले अन्य भिडियोमा नगरेको हो । अहिले म अभिनयमा व्यस्त छु । अभिनय सिक्दै छु । ममीले गाउनु भएको केही भिडियोमा अभिनय गरेकी छुँ सबैमा होइन ।

ममीलाई आएको प्रेम प्रस्तावका चिठ्ठी कत्तिको पढ्नु भयो ? 

पढियो नि, धेरै नै पढियो । म अलि सानो हुँदासम्म दिनकै कत्ति चिठ्ठी ल्याउनु हुन्थ्यो ममीले स्टेज कार्यक्रमहरूबाट । मलाई देखाउनु हुन्थ्यो मैले खोलेर पढ्थेँ धेरैमा मन पराउँछु राम्रो लाग्छ भन्नु हुन्थ्यो । बिहे गर्न चाहन्छु यस्तै धेरै कुराहरू लेखेको हुन्थ्यो चिठ्ठीहरू पढ्दा मज्जा आउँथ्यो । 

ममीलाई आएको प्रेम प्रस्ताव रिप्लाई गर्नुभएको छ कि छैन ? 

अँ.. छ । पहिला पहिला चिठ्ठीमा आउने कुराहरू त पढ्नेमात्र मज्जा पनि आउँथ्यो तर मोवाइलमा आउने म्यासेज कतिपय मैले पनि रिप्लाई गर्दिन्छु । धेरैजसो त ममीको मोवाइलमा आएको म्यासेज यस्तो छ ममी हजुरलाई म्यासेज भन्दिने गरेकी छु । पछिपछि मोवाइलमा म्यासेज आउँदा मैले पनि साधारण रिप्लाई गर्दिने गरेकी थिएँ । 

ममीकै कारण तपाईंं यहाँसम्म आउनुभएको हो ? 

कलाकारिता क्षेत्रमा आउन ममी भएर सजिलो पक्कै भएको हो तर ममीकै कारण यो क्षेत्रमा आएको भन्ने होइन । म भित्र भएको ट्यालेन्ट मेरो रुचि त मै सँग हुन्छ । यदि ममी यो क्षेत्रमा हुनुहुन्थेन भने ढिलो आउँथे होला, अलि गाह्रो पथ्र्यो होला तर ममी भएकाले सजिलो भएको हो ।

-गोपिकृष्ण चापागाईं 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं