20th September | 2018 | Thursday | 10:38:23 PM

भर्नाको चाप थेगिनसक्नु छ

हिमालय टाइम्स   POSTED ON : Saturday, 30 June, 2018 (2:45:00 PM)

भर्नाको चाप थेगिनसक्नु छ


एसइइ परीक्षा मुलुकभर सबैको ठूलो चासोको परीक्षा हो । एसएलसीबाट एसइइ भएको यो परीक्षामा अहिले विद्यार्थी वा विद्यालयको मूल्यांकन प्रतिशत वा उसले ल्याएको अंकको आधारमा गरिँदैन । ग्रेड प्वाइन्ट र कुल ग्रेड प्वाइन्ट (जिपिए) का आधारमा अक्षर ग्रेडमा विद्यार्थीको मूल्यांकन गर्ने यो प्रणालीमा उत्कृष्ट ठहरिएका धेरै सामुदायिक विद्यालय छन् । तीमध्ये भक्तपुरको वागेश्वरी विद्यालयका प्रधान अध्यापक कृष्णप्रसाद धन्छासँग रमा लुइँटेलले गरेको कुराकानी । १. यो वर्षको एसइइ परीक्षाको नतिजा कस्तो रहृयो  ?

एसइइको परीक्षाको नतिजाले हामी खुशी छौँ । यो हाम्रो मिहिनेतको प्रतिफल हो । परीक्षार्थीमध्ये ३५ जनाले ए प्लस ल्याएका छन्, ६९ जनाले ए, ८२ जनाले बी प्लस र ६३ जनाले बी ल्याएका छन् । 

२. सामुदायिक विद्यालयको एसइइ नजिता खस्किएको भनिन्छ, तपाईंको विद्यालय कसरी उत्कृष्ट नतिजा ल्याउन सफल भयो ? 

उत्कृष्ट नतिजाको लागि सबैभन्दा पहिले पढाउने तरीका कस्तो छ भन्ने कुराले अर्थ राख्छ । त्यसपछि विद्यालयको वातावरण, घरको वातावरण, पढाइप्रति विद्यार्थीको रुचि र लगाव अर्को महŒवपूर्ण पक्ष हो । यी विषयलाई ध्यान दिन सके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा उत्कृष्ट बनाउन सकिन्छ । हाम्रो विद्यालयले पनि यी पक्षलाई ध्यान दिएर अध्यापन गराउँदै आएको छ, त्यसै कारण हामीले यो सफलता पाएका हौँ । 


३. विद्यार्थीलाई पढाउने विशेष तरिका तपाईंको विद्यालयमा के हो ?


हाम्रो विद्यालयमा विद्यार्थी पढाउन अधिकतमरूपमा सूचना प्रविधिको प्रयोग गरिन्छ । शिक्षकले कक्षा कोठामा पाठ र विषयसँग सम्बन्धित साइटहरूमा गएर नयाँ र फरक तरिकाले कसरी प्रस्तुत हुन सकिन्छ त्यो सिकाउनु हुन्छ । विषयप्रति विद्यार्थीले रुचि र चाख उत्पन्न गराउन सके शिक्षण र सिकाइ दुवै सफल हुन्छ । हामी यसमा विश्वास गर्छौं । साथै पाठसँग सम्बन्धित प्रोजेक्ट वर्क हामीले अनिवार्य गरेका छौँ । विद्यार्थी आफैँ सहभागी भएर सिकेको कुरा दिगो र प्रभावकारी हुन्छ । कक्षा कोठामा श्रव्य–दृश्य सामग्री प्रयोगलाई प्रथामिकतामा राखेर कार्यान्वयनमा ल्याउँछौँ । पाठ्यक्रमले तोकेको प्रयोगात्मक कक्षा र अतिरिक्त क्रियाकलाप नियमित र अनिर्वाय गरेका छौँ । यसले विद्यार्थीलाई विषयप्रति स्पष्ट हुन सहयोग गरेको छ । जसले गर्दा शैक्षिक गुणस्तर र नतिजामा हामी अब्बल भएका हौँ । हाम्रो सफलताको श्रेय स्थानीय बासिन्दाको सहयोग र अभिभावकको साथलाई पनि जान्छ ।  म यहाँ उहाँहरूको साथ र सहयोग सम्झन चाहन्छु । 


४. बाहिरी वातावरणले पनि शैक्षिक गुणस्तर र नतिजामा प्रभावित हुन्छ नि होइन, जस्तै बन्द हड्ताल आदि । 

बाहिर वातावरणले हामीलाई पटक्कै असर गर्दैन भन्ने होइन । त्यसबाट हामी पनि हाम्रो विद्यालय पनि प्रभावित भएको छ । बन्द, हड्तालमा हामी विद्यालय बन्द गर्दैनौँ । भक्तपुरका विद्यालय बन्द, हड्तालमा बन्द हँुदैनन् । यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्न भक्तपुरका स्थानीय नेता, कार्यकर्ता र राजनीतिक दलहरूले सहयोग गर्नुभएको छ । अभिभावकहरूले पनि आफ्ना छोराछोरी विद्यालय पठाउन आँट गर्नुभएको छ । अर्को महŒवपूर्ण पक्ष के हो भने कुनै पनि समस्याको समाधान बन्द र हड्ताल होइन । विद्यालय बन्द गरेर माग पुरा हुँदैन । विरोध गर्न, आवश्यकता र समस्याप्रति सम्बन्धित पक्षको ध्यानाकषर्ण गराउन विरोधका अन्य उपायहरू खोजिनुपर्छ । 

५. कमजोर विद्यार्थीलाई कसरी सम्बोधन गर्नुहुन्छ ? त्यस्तो विशेष तरीका के छ ? 

कक्षामा भएका सबै विद्यार्थी एउटै क्षमताका हँुदैनन् । कोही विशिष्ट क्षमताका र कोही सामान्य क्षमताका हुन्छन् । कोही त असाध्यै कमजोर हुन्छन् । कमजोर विद्यार्थीका लागि हामीले उपचारात्मक कक्षा चलाउँदै आएका छौँ । उपचारात्मक कक्षा प्रत्येक कक्षामा सञ्चालन हुन्छ । बिहान वा बेलुका, विद्यालय समय अघि वा पछि यस्ता कक्षा सञ्चालउन गर्छौ । एसइइ परीक्षाको नतिजा राम्रो बनाउन वा विद्यार्थीलाई असल र मिहिनेती बनाउन सानै कक्षादेखि त्यस्तो वातावरण सिर्जना गर्नुपर्छ, जुन हाम्रो विद्यालयले अवलम्बन गरिराखेको छ । ती उपचारात्मक कक्षामा उनीहरूको क्षमता अनुसार पढाइन्छ । यस्तो कक्षा निकै उपयोगी हुन्छ । यस्तो कक्षाले विद्यार्थीमा सकारात्मक भाव जागृत गराइदिन्छ । 


६. सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको भनिन्छ, सरकारले प्रत्येक वर्ष भर्ना अभियान चलाउँछ, तपाईंको विद्यालयमा विद्यार्थी संख्याको अवस्था कस्तो छ ? 

कक्षा १० सम्म एक हजार ८८६  विद्यार्थी छन् । १२ कक्षासम्ममा तीन हजार २०० विद्यार्थी छन् । सरकारले सञ्चालन गर्ने भर्ना अभियान त एउटा प्रयास हो, यसले मात्रै विद्यार्थी आउँदैनन् । शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ । यो विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका छोराछोरीलाई सकेसम्म यही विद्यालयमा भर्ना गर्ने प्रयासको थालनी भएको छ । अहिले ६५ जना विद्यार्थी शिक्षक तथा कर्मचारीका छोराछोरी छन् । आफ्ना छोराछोरीलाई आफूले अध्यापन गराएको विद्यालयमा पढाउँदा अभिभावकत्व बढी अनुभूति हुन्छ । आफ्ना छोराछोरी पढ्ने भएपछि शिक्षक विशेषरूपमा चनाखो र जागरुक हुन्छ । यो मनोवैज्ञानिक पक्ष हो । 


६. त्यसो भए भर्नाको दर कस्तो छ तपाईको विद्यालयमा ? 

भर्नाको चाप थेगिनसक्नु छ । हामीले चाप हामीले थेग्न सकेका छैनौँ ।  वैशाखमा प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गर्छौं । प्रवेश परीक्षामा उतीर्ण नभएका विद्यार्थीलाई भर्ना गर्दैनौँ । सिट समिति छ, भर्ना गर्न सकिँदैन भन्दा पनि भर्ना गरिदिनुप¥यो भन्दै अनुरोध आउँछ । 


Views: 1