19th October | 2018 | Friday | 1:48:13 AM

मोरङ क्याम्पस विश्वविद्यालय बन्नुपर्छ

  POSTED ON : Monday, 16 July, 2018 (2:41:52 PM)

मोरङ क्याम्पस विश्वविद्यालय बन्नुपर्छ

पूर्वाञ्चलको शैक्षिक धरोहरका रूपमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा हालै क्याम्पस प्रमुखको रूपमा कार्यभार सहृमालेका बाबुराम तिमल्सिनाको जन्म २०१८ साल मंसिर १५ गते खोटाङको बडकादियालेमा भएको हो । तिमल्सिना काशी हिन्दु विश्व विद्यालयवाट संस्कृति सुक्ति र नेपाली लोकोक्तिको तुलनात्मक विश्लेषणमा विद्यावारिधिका शोधार्थी हुन् । उनले २०४२ सालमा सरस्वती क्याम्पस, काठमाण्डौंबाट प्रध्यापन सुरु गरेका थिए । २०४५ सालमा महेन्द्र मोरङ क्याम्पसमा सहायक प्राध्यापकको रूपमा आएका तिमल्सिनालाई त्रिभुवन विश्वविद्यालयले २०७५ साल वैशाख २ गते क्याम्पस प्रमुख नियुक्त गरेको हो । प्रस्तुत छ, क्याम्पसको नेतृत्व सहृमालेका तिमल्सिनासँग शैक्षिक गतिविधि तथा क्याम्पसको विकासको सेरोफेरोमा गरिएको कुराकानी । 

क्याम्पस प्रमुख हुनुभएको छ, क्याम्पसको विकासको लागि तपाईसँग कस्ता योजना छन् ?

क्याम्पसका भौतिक संरचनाहरू जीर्ण अवस्थामा छन्, तिनीहरूको मर्मत सम्भार गर्ने मेरो योजना छ । जीर्ण भौतिक संरचनाको सर्मत सम्भारबाट गर्नु क्याम्पसको विकासको थालनी हो । विद्यार्थीहरूको परीक्षा तथा क्याम्पसको मिटिङ हलका लागि एउटा मेघा हल निर्माणको प्रयत्न भइरहेको छ । एक हजार विद्यार्थीहरूले परीक्षा दिन सक्नेगरी मेघा हलको लागत इस्टिमेट प्रदेश सरकारलाई पठाएका छौं । त्यसैगरी क्याम्पस परिसरको पूर्व–दक्षिणतर्फ पाँच वटा सटर निर्माणको योजना बनाएका छौं । महिला होस्टलछेउमा पाँच वटा सटर भएको तीन तले भवन बनाउने तयारीमा छौं, त्यसको नक्सा बनाइसकिएको छ । 

क्याम्पसभित्र अधुनिक क्यान्टिन निर्माणको योजना बनाएका छौं । क्याम्पस हाताभित्र रहेको सरस्वती मन्दिर परिसरमा आधुनिक फूलबारी बनाउन नक्साको काम सुरु भएको छ । त्यसैगरी शिक्षकहरूको आवास र छात्रावास पुनःनिर्माण गर्ने सोचाइ छ । क्याम्पसलाई इ–लाइब्रेरीको अवधारणमा लैजाने तयारी भएको छ, यसका लागि प्रदेश सरकारले समेत बजेट छुट्याएको छ । क्याम्पसको जग्गा अतिक्रमण गरेर बसेको बस्ती हटाउने योजना छ । 

योजना त धेरै रहेछन्, आर्थिक स्रोत कसरी जुटाउनुहुन्छ ? 

काम गर्न इच्छा शक्ति चाहिन्छ । हामीले प्रयत्न गर्ने हो । यस क्याम्पसमा अध्ययन गरेर राज्यका विभिन्न उच्च तहमा पुगेका पूर्वविद्यार्थीहरूले पनि हाम्रो योजनालाई सकारात्मक रूपमा लिनुभएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य पनि यसै क्याम्पसको पूर्वविद्यार्थी हुनुहुन्छ । उहाँले पनि हाम्रो योजनामा सहयोग गर्ने आश्वसन दिनुभएको छ । प्रदेश सरकारलाई पनि हामीले आग्रह गरेका छौं । राष्ट्रपति, अर्थमन्त्री, स्वास्थ्यमन्त्री समेत यसै कलेजका पूर्व विद्यार्थीहरू हुनुहुन्छ । म उहाँहरूलाई पनि यसै पत्रिकामार्फत आग्रह गर्न चाहान्छु ः आउनुहोस् ¤ यस कलेजको विकासको लागि एक भएर अगाडि बढौं । यो हाम्रो क्याम्पस हो, अब हामीलाई गुरुदक्षिणा दिनुहोस् हामी यस क्याम्पसको साखलाई पुनर्जागृत गर्न लागेका छौं भनेर हामीले भनेका छौं । क्याम्पसको आन्तरिक स्रोत, अनुदान तथा दाताहरूबाट आउने रकमबाट काम गर्ने योजना बनाएका छौं । 

पछिल्लो समय विद्यार्थीहरूको रोजाइमा यो क्याम्पस कलेज पर्न छाडेको छ, शैक्षिक सुधारको के योजना छ ? 

एकदमै महŒवपूर्ण प्रश्न । विद्यार्थी नै आएनन् भने कलेजको विकास हुन सक्दैन । हामीले पढाइको गुणस्तरमा ध्यान दिइरहेका छौं । आइए हटेपछि कलेजमा विद्यार्थीहरूको संख्या घट्न गएको हो । त्रिभुवन विश्वविद्यालयले प्राइभेट कलेजहरूलाई सम्बन्धन दिएपछि विद्यार्थीहरूको पहिलो रोजाइ प्राइभेट कलेज भएको कारणले विद्यार्थीको संख्या घट्न गएको हो । यसमा सुधार गर्न हामीले मानविकीमा नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं । कलेजले सोसल वर्क, बिसीए तथा बिबिएको थप कार्यक्रम लागु गर्ने तयारी गरेको छ । त्यसैगरी बिसि. र बिएससी, सिएस आइटी कार्याक्रम स्वीकृतिको लागि निवेदन दिएका छौं ।

त्यस्तै हाइ एजुकेशन प्रोजेक्टले एमएससी, एमबिएस र एमपीएको सेमिस्टरको स्तरोन्नतिको लागि ६० लाख अनुदान दिएको छ । कलेजमा अध्यापन गर्ने बिहानको सिफ्टका शिक्षकहरूलाई ६ बजेदेखि १ बजेसम्म र दिउँसोको सिफ्टका शिक्षकहरू १० बजे देखि ५ बजेसम्म अनिवार्यरू कलेजमा बस्नुपर्ने नियम बनाएका छौं । यसले कलेजमा विद्यार्थीको रुचि बढ्छ भन्ने हामीले विश्वास लिएका छौं । निजी कलेजमा पढ्न लाखौं रूपैयाँ खर्च हुन्छ । हामी विद्यार्थीहरूलाई सहुलियत शुल्कमा पढाउँछौँ । हाल कलेजमा चार हजारको हाराहारीमा विद्यार्थीहरू अध्ययनरत छन् ।

 अहिले महेन्द्र मोरङ क्याम्पसमा कुन कुन विषयहरू पढाइ हुन्छन् ? 

अहिले कलेजमा पत्रकारिता, बिएड, आरडी, बिबिए, एमबिएस, एमपिए, बिपीए विषयहरूको अध्ययन अध्यापन हुने गरेको छ । त्यसैगरी मानविकीका नयाँ कार्यक्रमहरू पनि यही साउनदेखि लागु हुने तयारी भएको छ । यसले कलेजमा विद्यार्थी संख्या बढाउन मद्दत पुग्ने विश्वास गरेका छौं । भविष्यमा एलएलबी कार्यक्रम समेत चलाउने गर्ने सोचाइमा छौं । 

राजनीतिक खिचातानीले जेलिएको क्याम्पसमा कसरी काम गर्न सक्छु भन्ने लाग्छ ?

बिल्कुलै सकिन्छ, हामी सबै कुनै न कुनै राजनीतिक पार्टीमा अस्था राख्छौं । हामी पहिले जुन संस्थामा काम गर्छांै त्यसको विकास तथा उन्नति गर्नु पहिलो आवश्यकता हो । मैले यस कलेको लामो इतिहास बुझेको छु । मैले वैचारिक विचार भएका व्यक्तिहरूको एउटा समिति बनाएको छु । कलेजले जुन पनि काम गर्छ त्यो समितिसँग समन्वय गरेर गर्छ । हामीले गर्ने काममा कुनै राजनीतिक हस्तक्षेप हँुदैन । निःस्वार्थ भएर काम ग¥यौं भने कतैबाट हस्तक्षेप हँुदैन । 

अन्त्यमा केही भन्नु हुन्छ कि ?

मोरङ आदर्श बहुमुखी क्याम्पस पूर्वाञ्चलकै एतिहासिक शैक्षिक धरोहर हो । यसलाई विश्व विद्यालयको रूपमा विकास गर्नु हामी सबैको कर्तव्य हो । वार्षिक १२ हजार विद्यार्थीहरू उत्पादन गर्न सफल यस क्याम्पसबाट अध्ययन गरेका विद्यार्थीहरू राज्यको विभिन्न उच्च तह र तप्कामा रहेर काम गरिरहनु भएका पूर्वविद्यार्थीहरूसंग सहयोगको आग्रह गर्दछु । अर्थमन्त्री युवराज खतिवडाले पनि यहाँ अध्यापन गराउनु भएको छ, तपाईको पनि यस कलेजप्रति दायित्व छ । यसको विकासका लागि तपाइसँग पनि हामीले आशा गरेका छौं । यसै पत्रिकामार्फत यसै कलेजको पूर्वविद्यार्थी भएको नाताले राष्ट्रिपतिसँग कलेजको जीर्ण लाइब्रेरिको निर्माणका लागि सहयोगको अपेक्षा गर्दछौं । 

प्रस्तुति : निर्मल ढुंगाना 


Views: 16