17th October | 2018 | Wednesday | 10:31:47 PM

ठूलो समस्या बन्दैछ हेड–नेक क्यान्सर– डा.प्रभातचन्द्र ठाकुर

  POSTED ON : Friday, 31 August, 2018 (10:01:44 PM)

ठूलो समस्या बन्दैछ हेड–नेक क्यान्सर– डा.प्रभातचन्द्र ठाकुर

जुलाई २७ लाई विश्वभर नाक, कान घाँटीको  क्यान्सर  दिवस  भनेर मनाउने गरिएको छ । हामीले नेपालमा पनि क्यान्सर दिवस विगत केही वर्ष देखि विविध कार्यक्रमका साथ  मनाउँदै  आएका  छौं ।

नेपालको  परिप्रेक्षमा  हेर्दा  नाक कानको क्यान्सरले गर्दा बर्सेनी अनुमानित ३५ सय देखि ५ हजार  नेपालीले ज्यान  गुमाउनु  परेको  पीडा छ । जुन  जनसंख्याको अनुपातमा र अरू देशको तुलनामा धेरै हो ।  बर्सेनी लगभग  तीस  हजार  नेपाली यस  रोगबाट ग्रसित हुने गरेका छन् । तुलनात्मक रुपमा बढी रहेको नाक कान घाँटीको क्यान्सर नेपालमा सबभन्दा  बढी  देखिने  रोगमा  पर्दछ भन्दा पनि अतिसयुक्ति नहोला । शरीरमा हुने क्यान्सर रोग मध्ये नाक कान घाँटीको क्यान्सर पाँचौ स्थानमा पर्दछ । नेपालमा रहेका क्यान्सर अस्पतालहरूको तथ्यांकलाई  हेर्दा पुरुषमा  फोक्सोको  क्यान्सर पहिलो, महिलामा  पाठेघर  र  स्तन दोस्रो र नाक कान घाँटी तेस्रो स्थानमा  रहेको तथ्यांकले देखाउँछ । नाक कान घाँटीको क्यान्सर यही अनुपातमा बढ्दै जाने हो भने यस रोगले केही बर्षमा  धेरै नेपालीको ज्यान लिनेछ ।

यहाँ प्रस्तुत छ हेड नेक क्यान्सर रोग विशेषज्ञ डा प्रभातचन्द्र ठाकुरसँगको कुराकानी-

हेड  नेक  क्यान्सर भन्नाले शरीरको कुन भाग बुझिन्छ ?

घाँटीको  सबभन्दा  तलको  भागदेखि माथि  पिनास  र  दिमाग  छुटयाउने  हड्डीसम्मको  भागको  क्यान्सर  यस  अन्तर्गत  पर्दछ । यसमा थायराईड, घाँटीको  गिर्खाको रोग, र्याल ग्रंथिको रोग, मुख (गीजा, जिब्रो, गालाको,  मुखको  पछाडी भाग (टनिसल, जीब्रोको  फेद, तालु), खाने  तथा श्वास  फेर्ने  माथिल्लो  भाग (upper aerodigestive tract),नाक  र  पिनाश, अनुहारको  छाला, कानको  बाहिरी  र  भित्रि  भाग को क्यान्सर  बुझिन्छ ।  नेपालमा  पुरुषमा  मुख  र  स्वरयंत्रको  क्यान्सर  र  महिलामा  मुख  र  थायराइड  क्यान्सर  बढी  पाइएको  छ ।  हेड नेक क्यान्सर  पुरुषमा  महिला  भन्दा  तीन गुना  बढी  पाइएको छ ।  कुनै  पनि उमेरमा  हुनसकने  भए पनि  यो  रोग पचास  वर्ष  नाघेकामा बढी पाइन्छ । 

रोग  लाग्ने  कारण ?

मुख  र  श्वास  तथा  खाने  नलीको  रोग  भएका तथा सुर्ती जन्य  पदार्थ  र  रक्सी  सेवन  गरेकाहरुलाई यो रोग लाग्ने बढी संभावना रहन्छ । हाम्रो  समाजमा  सानै  उमेरमा यस्ता कुलतमा  पर्ने  हुनाले  औसत   रोग  लागेको  उमेर  अरू  देश  भन्दा कम  पाइएको  छ जुन  उपचारको  हिसाबमा  राम्रो  मानिदैन । विशेषत तराईमा सुर्ति जन्य पदार्थ  , पान, गुट्खा लगायतको  सेवन  बढी  भएकोले  मुखको क्यासर(oral cavity) रोगी  बढी  छन  भने  पहाडको  भागमा  बढी  चुरोट रक्सी  सेवन  गर्ने हुनाले श्वर यन्त्र(larynx), मुखको पछाडीको भागको  क्यान्सर रोगी  बढी  पाइने गरेको छ । धूम्रपान  गर्ने  भन्दा  धूम्रपान  र  मध्यपानसंगै  गर्ने मा  यो  रोग  हुने  समभावना  धेरै  गुणा  बढी  हुन्छ ।  नाकको  पछाडीको  भाग (Nasopharynx) र मुखको  पछाडीको  भाग(oropharynx)को रोग  केही  भाइरल  संक्रमनले  पनि  हुने  गरेको  पाइएको  छ । थायराइड, र्याल ग्रन्थी  घाँटीको  गिर्खाको  रोग मुख्यत   कुनै  कुलत भन्दा  सो  अंगको  कोशिकामा  हुने  खराबीले  गर्दा  हुने हुन्छ । अनुहारको  छालाको  रोग  घाममा  हुने विकिरण( Ultraviolet rays)   गर्दा हुने गरेको  छ । 

रोग लागेपछी कस्ता  लक्षण देखिन्छन् ?

 मुखमा  लामो  समयसम्म  निको नहुने  र बिस्तारै बढदै जाने घाउ, खान निल्न  गारो  हुँदै  जाने,  स्वर  भाँसिदै  जाने, घाँटीको बाहिरी भागमा   डल्लो  देखिनु,  दाँत  हल्लिनु  वा  फुकालेको ठाँउमा घाऊ  देखिनु  मुख  र  स्वर यंत्र  रोगको  लक्षण हो  ।  लामो  समयसम्म  एक  पाटोको  पिनास  बल्झिराख्नु, सिंगानमा  रगत देखिनु, नाकमा  मासु  पलाएको  देखिनु, आँखा सुन्निनु  नाक  र  पिनासको  क्यान्सरको  लक्षण  हुन  सक्छ । थायराइडको  क्यान्सरमा घाँटीको तल्लो   भागमा  डल्लो  देखिनु, स्वर  धोद्रो  र  सुख्दै  जानु,   घाँटीको गीर्खा  ठुलो  देखिनु  जस्ता  लक्षण देखिन्छन् । घाँटीको  गिर्खा  ठुलो  हुनु  आफैमा  रोगहुन सक्ने  सम्भावना  हुन्छ  भने  बढी  मुख, नाकको  पछाडीको  भाग,  स्वरयन्त्र रोगबाट   सरेको  हुन्छ । अनुहारको छालाको घाउ ठुलो भएर आउनु , शरीरमा रहेको पहिलेको कोठी ठुलो हुनु छालाको क्यान्सरको लक्षण हुन सक्दछ ।

रोग   भएको  कसरी  थाहा  पाउने ?  

उमेर  पचास  नाघेका, लामो  समय  धूम्रपान, मध्यपान  गर्ने  मान्छे  माथि  उल्लेखित  लक्षणहरु  देखिएमा चिकित्सकको  सल्लाह  लिन  जरुरी  हुन्छ । चिकित्सक  जाँच  पछी  शंका  लागेको  ठाँउबाट  मासुको  जाँच(biopsy) वा  सुईबाट पानी  तानेर  गरिने  जाँच(FNAC)बाट  रोग  यकीन  गरिन्छ । रोग  कतिको  फैलिएका कुन   उपचार पद्धति  अपनाउँदा  राम्रो  हुने   र  कहिले  रोग  थाहा  पाउन  इमेजिगंको  मद्दत  लिइन्छ  जस सिटि स्कान, एमआरआई, अल्टासोनोग्राफि, पीइटी स्कान(CTscan,MRI,ultrasonography,PETscan) पर्दछन् । मुखको पछाडीको, नाकको  पछाडीको भाग  र  स्वर यंत्र  रोग  को निदानको लागि इनडोस्कोपि गर्ने  गरिन्छ जसले  कुन   भागमा   रोग  भएको र   कति  फैलिएको  यकीन  गर्ने  मद्दत  पुर्याउछ ।   यी  बाहेक  नियमित  रक्त  जाँच   पनि  गरिन्छ  जसले  रोगको उपचारमा  मद्दत  पुर्याउँछ ।

उपचार  बिधि  र  रोग  निको  हुने  सम्भावना (prognosis) चिकित्सकीय   जाँच  र  रोग  यकीन  हुने  जाँच  पछी  रोग  कत्तिको  फैलिएको (clinical staging )गरिन्छ । यसपछी  कुन   उपचार  पद्दती  अपनाउदा  रोग  ठिक  हुने  सम्भावना  बढी  हुन्छ  ।  उपचार पद्दतीहरुमा   शल्यक्रिया(Surgery), विकीरण -Radiotherapy)  र  किमोथेरापि(chemotherapy) पर्दछन् । शुरुको  अवस्था(  Early stage disease) को रोगलाई  शल्यक्रिया  वा  रेडीयोथेरापीले  उपचार  गरिन्छ  भने  रोग  ठुलो  र  फैलिएको (Advanced stage disease)  छ भने  एकभन्दा  बढी  पद्दति द्वारा  उपचार  गरिन्छ ।  हेड  नेक  क्यान्सरको  रोग  ठिक  हुने  सम्भावनालाई  उपचारपछि  केही बर्ष  रोगमुक्त भएर बाँच्ने  सम्भावना पाँच बर्ष जति हुन्छ ।  थायराइड क्यान्सरका विरामी उपचार पछि लामो समय सम्म बाँच्न सक्दछन्  । थायराइडबाहेकको  रोगमा  पहिलो  स्टेजमा  सो  प्रतिसत  बढी हुन्छ ।  चौथो  स्टेजमा  सो  परिसतत  ५० प्रतिशत  भन्दा  कम  हुन्छ । रोग  धेरै फैलिएर  उपचार  गर्दा  पनि निको  हुने  सम्भावना  धेरै  कम  भएको  अवस्थामा  रोकथाम  र  रोगले  गर्दा  हुने  पीडा  कम  गर्ने  हिसाबले उपचार  गरिन्छ  जसलाई  पेलीयेटीव  केयर(palliative care) भनिन्छ। 

रोगको उपचारमा देखिने  चुनौतिहरु हाम्रो समाजमा  क्यान्सर  रोगलाई  अझै  समाजिक  विसंगति संग  जोडेर  हेर्ने  हुनाले  रोग  भएको  स्विकार  गदै्नन । चिकित्सक को  सल्लाह  ढिलो  लिनु,  घरेलु  उपचार  गरेर  बहुमुल्य  समय  गुमाउनु, क्यान्सर सम्बन्धी उपचार हुने  अस्पतालमा  ढिलो  पुग्नु  वा  रेफर  हुनु  , रोग ठिक  हुने  कुरामा  विश्वास  नगर्नु , आर्थिक बोझ सम्झनु, पारिवारीक सहारा नहुनु  जस्ता  चुनौतीहरु  उपचारको क्रममा  देखिन्छन ।  क्यान्सर   अस्पतालमा  हेड  नेक क्यान्सर  बिरामीको  चाप बढी  हुनु  ,  यस  बिशेषतामा  दक्ष  जनशक्तिको  कमी  हुनु  ,  उपचारको  लागि  लामो  समय  कुर्नु  पर्नेे,बढी  बिरामी (पचास प्रतिशत) ठुलो  र फैलिएको  रोग  लिएर  आउने  जस्ता  चुनौतिहरु  सेवा दिँदा  सामना  गर्नु  परेको  छ । 

तर  बिस्तारै  उपचारको  सुविधा  बढ्दै  जानु, थप  क्यान्सर  अस्पताल  निजी तथा  सरकारी  स्तरमा  खुल्नु, उपचारको  नविनतम  प्रविधिहरु सुरु  हुनु  र  रोक  थाममा (prevention)  अस्पताल  र  संघ  संस्थाको  संलग्नता  बिरामीका तथा चिकित्सक दूवैको लागी  खुसीको  कुरा  हो । केही समय यता सम्पूर्ण  उपचार देशमै  सम्भव  भएको  हुनाले  उपचारलाई  विदेश  जानु  पर्ने  देखिदैन ।

 हेड  नेक क्यान्सरबाट कसरी  जोगिने ?  

धूम्रपान , सुर्तिजन्य पदार्थक, मध्यपानको  कुलतमा नफस्ने्, खानपिनमा  फलफुल  र  हरियो सागसब्जीको  बढी  प्रयोग  गर्नेे  जस्ता  स्वस्थ जीवनशैलीले  रोग  लाग्ने  सम्भावना  कम  हुन्छ ।  रोगको  लक्षण  वा  शंका  लागेमा चिकित्सकको  सल्लाह  लिने  र   समयमै उपचार गराउनाले यसबाट मुक्ति पाइन्छ  ।


डा.प्रभातचन्द्र ठाकुर

हेड नेक क्यान्सर रोग विशेषज्ञ

(हाल हरसिद्धि क्यान्सर अस्पताल )


Views: 52