17th October | 2018 | Wednesday | 9:20:46 PM

फर्निचर उद्योगमा काठको अभाव छ – महासचिव जोशी

  POSTED ON : Sunday, 23 September, 2018 (6:49:13 PM)

फर्निचर उद्योगमा काठको अभाव छ – महासचिव  जोशी

व्यापारमेलाको उपलब्धि कस्तो छ ?

हामीले सन् २०१२ देखि मेला सुरु गरेका थियो । भूकम्पका कारण एक वर्ष मेला आयोजना गर्न सकिएन । यो छैटौं मेलासम्म आइपुग्दा विगत वर्षको तुलनामा मेलाको स्तर बढेको छ । स्टल संख्या पनि बढेका छन् । यसबाट स्पष्ट हुन्छ कि मेलामा सहभागी व्यवसायी लाभान्वित भएका छन् । उपभोक्ता पनि लाभान्वित भएका छन् । मेलाकै कारण उपभोक्ताले च्वाइसको अवसर पाएका छन् । 

मेला आयातित सामान लक्षित हुने गरेको छ नि ?

त्यस्तो होइन, हामीले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छौं । म आफू विदेशी सामान बिक्री गर्छु तर नेपाली सामानलाई प्राथमिकता दिनुपर्छ भन्ने वकालत गर्दै आएको छु । भोलि नेपाली उत्पादनमात्रै पाउने अवस्था भयो भने विदेशी सामान बिक्री गर्न छाडेर उद्योग नै खोलौंला ।

आयातीत सामानलाई विस्थापित गर्न के गर्नुपर्ला ?

यसका लागि सबैभन्दा पहिले फर्निचरको कच्चापदार्थ काठ व्यवसायीले सहजरूपमा पाउने व्यवस्था हुनुप¥यो । अहिले नेपाली फर्निचर उद्योग विदेशी काठले धानेको छ फर्निचर व्यवसायीले सहजरूपमा नेपाली काठ पाउन सक्ने अवस्था नै छैन । फर्निचर उत्पादकले टेण्डरमै सहभागी हुन पाउँदैनन्, खाली सहमिलले मात्रै टेण्डरमा सहभागी हुन पाउँछन् । सहमिलले काठ चिरेर पनि बिक्री गर्छ र आफैं फर्निचर पनि उत्पादन गर्छ । जसका कारण वास्तविक फर्निचर व्यवसायीले मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैनन् । 

फर्निसिङको अवस्था चाँहि कस्तो छ ?

फर्निसिङमा समस्या छैन । सोही कारण फर्निसिङ क्षेत्र आत्मनिर्भरोन्मुख अवस्थामा रहेको छ । ३, ४ वटा उद्योग सञ्चालनमा रहेका छन् । हामी पनि पहिले आयातित फर्निसिङ बिक्री गथ्र्यौं, अहिले आयात बन्द गरिसकेका छौं । फर्निचरमा पनि आत्मनिर्भर बन्न सरकारले सहजीकरण गर्नुपर्छ ।


कविन्द्र जोशी

महासचिव

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ


Views: 34