15th December | 2018 | Saturday | 10:22:46 PM

विदेशी आकर्षक, स्वदेशी टिकाउ - अध्यक्ष अग्रवाल

  POSTED ON : Sunday, 23 September, 2018 (6:55:02 PM)

 विदेशी आकर्षक, स्वदेशी टिकाउ - अध्यक्ष अग्रवाल

फर्निचर तथा फर्निसिङ व्यवसायको अवस्था कस्तो छ ?

कुनै वेला विलासिताको वस्तुका रुपमा लिने गरिएको फर्निचर तथा फर्निसिङ अहिले अत्यावश्यक बनिसकेको छ । जसका कारण यसको माग पनि बढ्दै गएको छ । किनभने विगतमा यो व्यवसाय काठमाडौंमात्रै सीमित थियो भने अहिले देशैभरी फैलिएको छ । हामी रुकुम, रोल्पा पनि गयौं, त्यहाँ पनि फर्निचर तथा फर्निसिङको बजार विस्तार भएको देखेर हामी छक्क प¥यौं । त्यसैले फर्निचर तथा फर्निसिङ व्यवसायको भविश्य उज्वल छ ।

फर्निचर तथा फर्निसिङको आयात अवस्था कस्तो छ ?

अहिले ६०–४० को अवस्था रहेको छ, अर्थात ६० प्रतिशतको आयात रहेको छ भने ४० प्रतिशत स्वदेशी उत्पादन रहेको छ । यसमा पनि फर्निसिङमा लगभग नेपाल आत्मनिर्भरको अवस्था पुगिसकेको छ । म्याट्ेसमा आत्मनिर्भर भइसकेका छौं तर नेपालीहरुको प्रबृत्ति के छ भने स्वदेशीभन्दा विदेशी राम्रो । महँगो होस्, टिकाउ नहोस् तर विदेशी नै खोज्ने प्रबृत्ति देखिन्छ । जबसम्म हामी नै स्वदेशी उत्पादन प्रयोग गर्दैनौं, तवसम्म नेपालको विकासले गति लिन सक्दैन । फर्निचरको हकमा कच्चा पदार्थ अभाव छ । सरकारले सर्वसुलभरुपमा कच्चापदार्थ काठ उपलव्ध गराउने हो भने ६०–४० लाई एक वर्षभित्रै ४०–६० मा झार्न सकिन्छ । 

नेपाली उत्पादनभन्दा विदेशी सस्तो हो ?

तुलनात्मकरुपमा विदेशी फर्निचर सस्तो भएपनि नेपाली नै टिकाउ हुन्छ । नेपाली फर्निचर एकपटक किनेपछि वर्षौंसम्म उपयोग गर्न सकिन्छ तर विदेशी फर्निचर हेर्दा आकर्षक हुन्छ तर टिकाउ हुँदैन । त्यस्तै विदेशी कम्पनीले ठूलो परिमाणमा उत्पादन गर्ने भएकोले सस्तो पनि हुन्छ ।

नेपालको फर्निचर उद्योगमा प्रविधिको कमी हो ?

अहिले प्रविधि पनि भित्रिसकेको छ । पहिले सिकर्मीले हातैले बनाउँथे, अहिले प्रविधिको विस्तारसँगै अत्याधुनिक मेसिनबाट उत्पादन हुन थालेको छ । प्रविधि भित्रिसकेको छ, कच्चापदार्थ सहज भयो भने आगामी दिनमा नेपाली फर्निचरलाई निर्यातको अवस्थासम्म पु¥याउन सकिन्छ ।  


राजेश अग्रवाल

अध्यक्ष

नेपाल फर्निचर तथा फर्निसिङ संघ



Views: 85