19th October | 2018 | Friday | 10:19:58 AM

कविता–दोषी नजर

आदित्य बिक्रम   POSTED ON : Wednesday, 02 August, 2017 (9:17:03 PM)

कविता–दोषी नजर

थिए हजारौं रङ्गि बिरङ्गी सपना

नीलाञ्जनले श्रृङ्गारित नयनमा

अनुदाहृत ती शब्दपुञ्जहरु पनि

श्रुतित बन्दै थिए अन्तस्करणमा


चिहाउँदै थिए अकलुषित नयनहरु

पसेर मन भित्रका अभिप्साहरुमा

जब आयो तरङ्गहरु फेरि शरिरमा

बगे चाहनाहरु मनको उल्लोलमा


सताई रहयो अकुलाहटले मलाई 

जब पर्यो नजर उनको उरोजमा

तताउँदै गयो मथिङ्गल कन्दर्पले 

जब स्पर्श गरिन् उनले मगजमा


छल्कियो यौवन गुलाबी अधरमा

अकाय चित्र दृष्टि छायो नजरमा

जब सतायो उलेलीले भित्र भित्रै

पोखियो प्यास ऊर्लिएर खद्दरमा


Views: 78