19th June | 2018 | Tuesday | 4:48:37 AM

प्रम देउवाको भ्रमणसम्बन्धी समाचार संगालो हस्तान्तरण

  POSTED ON : Monday, 06 November, 2017 (2:29:25 PM)

प्रम देउवाको भ्रमणसम्बन्धी समाचार संगालो हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयुक्त राष्ट्रसंघको ७२औँ महासभा भ्रमणसम्बन्धी समाचार, तस्वीर र प्रेश क्लिपिङको संगालो राष्ट्रिय समाचार समिति (रासस)ले हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री देउवालाई सामबार उनकै कार्यकक्षमा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले जानकारी गराउँदै सो समाचार संगालो हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री देउवाले राससले मुलुकको तर्फबाट संयुक्त राष्ट्रसंघको ७२औँ महासभा र ओमनको औपचारिक भ्रमणसम्बन्धी समाचार, तस्वीर संकलन तथा सम्पे्रषण गरेकामा धन्यवाद व्यक्त गरेका छन् । 

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, कार्यकारी व्यवस्थापक उत्तम सिलवाल, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत र वरिष्ठ समाचारदाता नारायण न्यौपाने उपस्थित थिए । 

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई सम्बोधन गर्न गत असोज ३ देखि १२ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्क र फर्किने क्रममा ओमनको तीनदिने औपचारिक भ्रमण गरेका थिए ।  

प्रधानमन्त्री नेतृत्वको २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा राससका तर्फबाट समाचार र तस्वीर संकलनका लागि उपसमाचारदाता भीष्मराज ओझा सम्मिलित थिए । 

समाचार संगालोमा प्रधानमन्त्री देउवाको उक्त भ्रमणसम्बन्धी ३० नेपाली, ३० अंग्रेजी समाचार र ६० भन्दा बढी तस्वीर सम्प्रेषण भएका प्रेस क्लिपिङ समावेश छन् ।रासस