20th August | 2018 | Monday | 8:46:35 AM

एक टुर गाइडको प्रेमकथा

  POSTED ON : Saturday, 11 November, 2017 (12:23:53 PM)

एक टुर गाइडको प्रेमकथा

लक्ष्मण सिटौला 

म पहाडको छोरो । पहाडमा जन्मी हुर्केको । मेरो सालनाल पहाडमै गाडिएको हो । म खेली हुर्की बढेको पहाडमै । पहाडसँग म परिचित र मसँग पहाड परिचित । कहिलेकाहीँ त यस्तो लाग्थ्यो वर्षाको भेलमा बगेको पहिरो म देखेसी चुपचापले बस्छ । मेरा बाबुआमा दाजुभाइ दिदीबहिनी सबैथोक पहाड हुन् । पहाड देउता मेरा लागि । भुमे सिमे पुज्नुहुन्थो आमाले अनि पहाडलाई पूजा गर्नुपर्छ भन्ने कुरो मैले आमाबाटै सिकेको थिए । मेरो घरभन्दा अलि पर ठूलो महादेव डाँडा थियो । त्यहाँ वर्षको दुई चोटि पञ्चबलि पूजा लाग्थ्यो । म बिहान ब्युँझेदेखि ननिदाएसम्म पहाडसँगै खेल्ने, बोल्ने, चल्ने, दगुर्ने गर्थेँ ।

लिलीले मेरो कर्ली परेको कपाल सुमसुम्याइरही । हामी गाडीमा चढयौँ । चालक दल अघि बसे । सोनियाभन्दा लिली अलिक चन्चले थिइ । हिस्सी परेकी थिइ । उसको हाँस्दा गालामा खाल्डा पथ्र्यो । बैंशले मदमस्त थिए दुवै ।


एक दिन एकाएक पहाडबाट पढ्न भनेर मेरा बाबुले मलाई शहर ल्याउनुभो । पहाडबाट छुट्टिएर आएँ । शहरमा पहाड छैन । शहरमा पहाडको स्नेह र जुनेली रात पनि छैन । शहरमा पहाडको शीतलता र शान्ति छैन । शहरमा छिमेकीको माया र न्यानोपन छैन । शहरमा कसैसँग अपनत्व छैन । शहर एक्लो छ । शहर दुःखी छ । शहरमा म एक्लो । पहाडमा पहाड एक्लो । हामी दुई कहिलेकाहीँ बिहानको उज्यालोमा परैबाट वार्ता गथ्र्यौँ । हुस्सु फाटेपछि शिवपुरी हेरेर म बेस्सरी रुन्थेँ ।

ठमेलको उकालोमा मेरो कोठा । हरि साहुको घरमा थुप्रै परेवा पालेका थिए । पहाड छोडेर आएपछि हरि साहुको छतमा भएका परेवाको हुलसँग मेरो मन रमाउन थाल्यो । गाउँबाट एक महिनालाई भनेर बोकेर ल्याएको चामल पन्ध्र दिनमै स्वाहा ! शान्ति विद्यागृह लैनचौरमा ९ कक्षामा अध्ययन गर्थेँ ।

हरि साहुको घरमा एकजना ट्राभल एजेन्सी चलाएर बसेका दाइ थिए, कृष्ण लामिछाने । फुर्सद मिलेको समयमा म ठमेल चहार्थेँ । त्यहाँ खुकुरी बेच्ने एकजना विनोद दाइसँग मेरो दोस्ती थियो । तिनले खुकुरी बेचेर दिनकै एक दुई सय डलर कमाउँथे । मलाई भन्थे–

‘ह्याँ तँ पनि मसँगै खुकुरी बेच्ने गर, पढ्नेहरूले पनि के लछारपाटो लाएका छन् र ?’ काठमाडौं गेस्ट हाउसअगाडि तिनी उभिएर खुकुरी बेच्थे । बाबु स्कुलमा भर्ना गरेको ६ महिनासम्म नबिराइ स्कुल गए । तर पछि स्कुल बङ्क गर्न थाले । हप्ताको दुई तीन दिन स्कुल बङ्क गरेपछि सरहरूको गाली खान थाले । बाबुआमाको कहिले गाली नखाएको म । सरहरूको एकोहोरो गालीले आजित भएँ र अन्तमा स्कुल सधैंका लागि छोडँे ।

स्कुल छोडेपछि म तिनै विनोद दाइसँग खुकुरी बेच्न थालेँ । विनोद दाइले दिनको दशवटा खुकुरी बेचिस् भने तँलाई पाँच सय दिन्छु भने । १५ दिनसम्म खुकुरी बेच्दा मलाई विनोद दाइले पाँच हजार दिए । म दङ्गदास हुन थालँे । घरको आर्थिक अवस्था पनि बिग्रेको थियो । बाबुलाई पैसा पठाइदिएँ । आमा जहिले पनि पुरानो र फाटेको फरिया चोलोमा मेला पर्व गरेको देखेको थिएँ । आमालाई लुगाफाटो र भाइलाई खानेकुरा पठाइदिएँ । गाउँबाट बाबु शहर नआएको धेरै भाथ्यो । म जागीर पनि भएको भन्दिनु भनेर पैसा लुगाफाटो लिएर जाने ढुक्कुर कान्छाको छोरालाई खबर पठाएँ ।

पढ्न छोडेपछि म फुलटाइम ठमेलको गल्लीमा खुकुरी बेच्न थालेँ । खुकुरी बेच्दाबेच्दै मलाई अंग्रेजी पनि अलिक बोल्न आयो । चौध पन्ध्र वर्षको खाइलाग्दो पहाडमा हुर्की बढेको लरक्क परेको लोर्के ठिटो म । अलि अलि जुँघाको रेखी बसेको । रातोपिरो अनुहार । पहाडजस्तै अटेरी ढिट र जिद्दी स्वभावको थिएँ म । 

काठमाडौं गेस्ट हाउस अगाडि उभिएर खुकुरी बेच्थेँ । त्यहीँ अगाडि मनास्लु ट्राभल एन्ड ट्े«क अफिस थियो । त्यहाँका प्रोपाइटर थिए पोखराका जगन्नाथ । त्यहा रहँदा बस्दा उनीसँग मेरो चिनजान भएको थियो । उमेरले मभन्दा उनी दाइ थिए । खुकुरी बेच्दाबेच्दा वरिपरिका पसलेहरूसँग म परिचित भएको थिएँ । जगन्नाथ दाइले कहिलेकाहीँ बोलाएर कफी पिलाउँथे । पहिलो चोटि कफीको स्वाद चखाउने मलाई जगन्नाथ दाइ नै थिए । जगन्नाथ दाइको पसल कौल अगाडि जितेन्द्रजीले खैरेलाई तन्ना बेच्थे । उनले तन्ना बेचेर घडेरी जोडिसकेका थिए । उनी पनि स्कुल बङ्क गर्दारहेछन् । मसँग राम्रै चिनजान भयो ।

असोजको महिना थियो । ठमेल कुइरेले खचाखच भरिन थालिसकेको थियो । आठ दशजना कुइरे कुइरिनीलाइृ अघिपछि लगाएर ब्रोकन अंग्रेजी बोल्दै हिँड्ने केही टुर गाइडलाई चिनेको थिएँ । तिनले मस्त पैसा कमाउँछन् भनेर मलाई तिनै तन्ना बेच्ने जितेन्द्र दाइले भनेका थिए । अलिक अंग्रेजी बोल्न जानेपछि मलाई पनि ती खैरेखैरिनीको टुरिष्ट गाइड भएर यिनलाई घुमाउन मन लागेको थियो । एकदिन त कसो मनको धोको पूरा नहोला भनेर सोची बस्थँे ।

टुरिष्ट गाइड बन्न त नेपाल पर्यटन बोर्डले लिने जाँचमा सामेल भएर पास गरेपछि मात्रै टुरिष्ट गाइडको प्रमाण दिनेरहेछ । आफू त ९ कक्षा पनि पास नगरेको परेँ । त्यो सपना मैले त्यागिदिएँ । एक्दिन मनास्लुका जगन्नाथ दाइले सोधे– ‘मनु भाइ, तपाईं दशैअगाडि अन्नपूर्ण बेशक्याम्प जाने दुईटी अमेरिकन केटीहरूको भरिया भएर जानुहुन्छ?’ उनले फेरि दोहो¥याए, ‘अमेरिकन ती केटीहरूले तपाईंको खुकुरी किनेका रहेछन् मन प¥यो रे । मिल्छ भने त्यो केटालाई भरिया बनाएर पठाइदेउन भनेका छन् । ल भन के गर्छौ त ?’

दाइको कुरा सुनेर म छक्क परँे । अलमल्ल परेँ । खोइ कस्तोकस्तो पो अनुभूति भो मलाई । गाइड बन्ने धोको तर भरियाको पो अफर आउँछ । ती केटीलाई खुकुरी बेचेको याद आयो । खुकुरी बेच्दा धेरै बार्गेनिङ गर्नुपरेको थिएन । खुरुखुरु पैसा तिरे तर खुकुरी कहाँ बनेको भनेर सोधपुछ चाहिँ गरे । मैले भोजपुरमा भन्दिएको थिएँ । दुईचोटी फर्की फर्की आएका थिए । 

‘विल यु बि हेयर टिल दि इभिनिङ ?’ भनेर सोधेका थिए । 

मैले बडा पÞmुर्तिलो भएर ‘एस एस’ भन्देको थिएँ । दुई गोरीहरूले खुब हेरेका थिए । अहिले आएरपो थाहा भो ।


सात दिनको टुर थियो । टुर गाइड नलिकन जानिरे । जगन्नाथ दाइले भने, ‘भाइ तिम्लाइ ती केटीहरूले जसरी नि मिलाइदेऊ भनेका छन् । राम्रै पैसा दिन्छु भने । तिनीहरूले तिम्लाइ मन पराका छन् । टिप्स पनि राम्रै दिन्छांै भनेका छन् ।’

जाउ भनेपछि मैले पनि नाइ भन्न सकिन । सत्ताइस अठ्ठाइस वर्षका जवानीले धपक्कै बलेका दुई गोरीहरूबीच बसँे म । ठमेल गणेशमान चोकबाट बाअच ११३३ नम्बरको टुरिष्ट बस पोखरातिर हुइँकियो । बाबुले शहर ल्याएर छोडेको ठीक ९ महिनापछि मैले बल्ल पहाड देख्न पाउने भएँ । पहाडको सुगन्ध र खुला आकाशको मज्जा लिन पाइने भयो । यही कुरा मनमा सञ्चित थियो मेरो ।

‘डिएर मनु ! डोन्ट फिल यु आर आवर पोर्टर’ सोनियाले भनी,

‘यस मनु, यु आर आवर बेस्ट गाइड, बेस्ट फ्रेन्ड’ लिलीले बोली

‘यु आर सो इनोसेन्ट’

‘यु नो नोथिङ बट यु आर ह्यान्डसम बोइ’

‘होप यु विल गाइड अस प्रफेक्टली’

दुईटी लगातार बोलेपछि मैले पनि केही त बोल्नुपर्छ भन्ने सोचँे ।

‘इटिज माइ फ्रस्ट भिजिट टु पोखरा एण्ड अन्नपूर्ण बेशक्याम्पबाट । नो वरिज, आइ क्यान डु’ ।

‘वाउ डिएर मनु! एस यु क्यान डु’

पहिलो चोटि केटीहरूको बीचमा बसेर गफिँदै बसको यात्रा गर्दै थिएँ । कत्तिको जवाफ मैले फर्काएँ । कति त तिन्ले मेरो आँखामा हेरेर बुझे । जे बोले पनि उनीहरूले मेरो वाक्य सहजै बुझिहाल्थे । मन आत्तिएको पनि छ । आधा खुशी आधा छट्पटी अलिकति संकोच अलिक बदमासी मन लिएर थानकोट काटियो । बस सिङ्गो रिजर्भ थियो । बस चालक र खलाँसी अगाडि बसेका थिए । उसो त चालकलाई पनि अलि अलि अंग्रेजी आउँदोरहेछ । 

गजुरी पुगेपछि चालकले रेस्ट गरुँ भन्यो । घाम अस्ताउनुभन्दा अगाडिको पहाडी दृश्यले मलाई कस्तो रोमाञ्चक अनुभूति गराएको थियो । लिली र सोनिया क्यामरा झिकेर फोटो लिन थाले । तिन्ले पहाडको भन्दा पनि मेरो फोटो बढी खिचे ।  

चालक दाइ आएर मेरा कान फुके– ‘मनु भाइ यिनीहरूलाई यहाँ केही सामान किनाउन लगाउनुस् न । तपाईं हामीलाई कमिसन आउँछ ।’

पहिलो चोटि थाहा पाएँ सँगै गएका टुरिष्टले केही सामान किने भने गाइडलाई कमिसन आउँछ भनेर । मैले केही पनि किनाइन । यस्तो गर्नुगराउनु वाहियात लाग्यो । 

‘डिएर मनु, लेटस ह्याभ समथिङ ओके ?’

लिली अलिक भोकाएकी देखिन्थी । हामी रेस्टुरेन्टमा खान गयौँ । मलाई वाइवाइ चाउचाउ मन प¥थ्र्याे । सबलाई त्यहीँ मगाएँ । सोनियाले तीन बोतल बियर मगाइ । साहुजीले फटाफट बियर खोल्यो । सोनिया लिली र म भित्री रूममा बसेका थियाँै । विदेशी भनेसी अलिकति राम्रो सम्मान गर्दारेछन् । चालकहरू बाहिर थिए । 

अहिलेसम्म मैले बियर पिएको थिइन । संकोच लाग्यो ।

‘आइ एम बिलोङ्सटु हाइएर कास्ट नो बियर प्लिज ।’

मेरो कुरा सुनेर लिली खित्का छोडेर हाँसी । सोनिया अचम्मित भइरहेकी थिइ । यस्तो लाग्यो कि बियर नपिउने मान्छे उनीहरूले पहिलोपटक देखिरहेका थिए ।

‘मिस्टर मनु थापा । बियर इज लाइक वाटर । टेक इट आज मच आज यु क्यान नो प्रोब्लम ।’

गणेशमान चोकमा बस छुट्नुअगाडि जगन्नाथ दाइले भनेको कुरा सम्झिएँ– ‘मनु बाबु तिमी भरिया होइन टुरिष्ट गाइड भएर जाँदैछौ । कुनै पनि कुराको संकोच नमान्नु । यिनीहरूको मज्जाले सेवा गर्नु । केही परे म जिम्मेवार छु । अतिथि देवो भवः ।’

बोतलबाट बियर गिलासमा खन्याइदिइ लिलीले । 

म अझै दोधारमा थिएँ । वास्तवमा मैले पो सेवा गर्नुपर्ने थियो तर ती दुईले पो मेरो सेवा गर्न थाले । पानी जस्तै त हो नि भनेसी मैले पनि पिएँ मज्जाले । भोक लाग्याथ्यो । बियर र चाउचाउ खाइयो । कस्तो रमाइलो लाग्यो । उनीहरूले पनि मज्जाले पिए । हामी तीनैजनाले मस्त रमाइलो ग¥यौँ । 


मेरो कपाल अलि घुम्रिएको थियो । मेरो मतलब अलि कर्लीकर्ली परेको । लिलीले मेरो कर्ली परेको कपाल सुमसुम्याइरही । हामी गाडीमा चढयौं । चालक दल अघि बसे । सोनियाभन्दा लिली अलिक चन्चले थिइ । हिस्सी परेकी थिइ । उस्ले हाँस्दा गालामा खाल्डा पथ्र्योे । बंैशले मदमस्त थिए दुवै । पूर्णिमाको अघिल्लो दिनको जुनेली आकाशजस्तो पूरै मातले मात्तिएका ।

मैले कहिले पिएको थिइनँ । पिउँदा अर्कै मज्जा हुँदोरहेछ । मनको संकोच बिस्तारै हराउँदै गयो । रक्सी लागेको बेलामा मान्छेले किन अंग्रेजी बोल्छ भनेको थाहा भो आज ।

असोज महिना यसै त रमाइलो । दशै नजिक थियो । झ्याल बाहिर यसो हेरेँ । मुग्लिन बजार आइसकेको थियो । लिलीले रेस्ट रुम जान खोजी । ऊ अघिदेखि मसँग निकै नजिकिएर गफ गर्दै थिइ । एक होटेलको बाथरुम लिएर गए लिलीलाई ।

बाटो क्रस ग¥यौं । लिलीले मेरो हात समाइर भनी –‘डिएर मनु, यु आर रिएल्ली काइन्ड हार्टेट म्यान । आइ लाइक यु ।’

मैले केही बोलिन । गाडी बाटोमै थियो । रात छिप्पिँदै गयो । त्रिशुली नदीलाई छोडेर अब हामी आँबुखैरेनी हुँदै अगाडि हिँड्यौँ । टुरिष्ट गाडी लक्जरिएस थियो । लिली मेरो काँधमा भुसुक्कै निदाइ । सोनिया मेरो काँधमा निदाएकी लिलीलाई देखेर जेलियस भएको जस्तो लाग्यो । तर मैले उसलाई हटाउन सकिन । लिली निदाइ । बाटो सुनसान थियो । सोनियाले मलाई हेरेर लामो श्वास फेरि अनि एक्कासि एउटा प्रश्न गर्छे – ‘मनु आर यु भर्जिन गाई ?’

‘ह्वाट यु मीन सोनिया? ‘मैले बुझिन के भनेकी हो सोनियाले । 

‘आइ मीन डिड यु हाभ सेक्स बिफोर ?’

‘ओ यु मीन ड्याट ? नेभर एभर ।’

केटीको मुखबाट पहिलो चोटि यस्तो खालको प्रश्नले मभित्रको मनु अचम्मित भयो । 

‘यी कुइरिनीलाई यति बोल्नु भनेको चिया पिएजस्तै हो मनु भाइ ।’

चालक धेरै अनुभवी रेछन् । उनी हरेक हप्ता पोखरा आउँदारेछन् ।

‘डोन्ट बि सिरियस मनु । टेक इट इजि एण्ड इन्ज्योइ विथ अस ओके ?’

लिली ब्युँझिई । हामी पोखरा पुग्यौं । रातको करिब दस बजेको थियो । बुकिङ गरेको होटेलमा पार्टी चलिरहेको रहेछ । रुममा गयौँ । उनीहरू नुहाउन गए । म एक्लो सोफामा बसेर खोइ के के सोच्न थालेँ । डबल ब्लेक ह्विस्की र तीन सफा गिलासले स्वागत गरिरहेको थियो । अघि बियर पिएको नशा उत्रिसकेको थियो । लिली नुहाएर मुस्कुराउँदै बाथरुमबाट निस्किइ ।

‘हे मनु आर यु लुकिङ सो सिरियस म्यान प्लिज ।’

‘नो नो आइ एम ओके लिली’

जगन्नाथ दाइले यिनलाई जसरी पनि सेवा पु¥याउनु भन्नू भाको कुरा सम्झिए । लिलीले फ्रेस रुमाल मेरो काँधमा राखिदिइ र भनी–

‘मनु गो फर बाथ, इफ यु निड एनी हेल्प प्लिज कल मी ।’ 

नुहाउन गएँ । सोनिया पनि नुहाएर निस्की । दुईवटा बाथरुम थियो । ठूलो कोठामै दुई बेड थिए । हतारले नुहाएँ ।

नुहाएर निस्किँदा ह्विस्की गिलासमा थियो । लिली र सोनिया पिउँदै थिए । चालक दललाई अलि सस्तो होटेल बुक गरिदिएको रहेछ । थकाइ लागेको थियोे । खाना रुममै ल्यायो वेटरले । हामी तिनैजना नशामा फ्याप थियौँ । एकले अर्काको जुठो पनि खायौँ । तर निकै रमाइलो महसुस हुँदै गयो रात । उनीहरू दुवै गीत गाउँदै नाच्न थाले । म पनि के कम थिएँ र कम्मर हल्लाउन थालेँ । 

मैले तिनको सेवा होइन तिनले चै मेरो सेवा गर्न थाले । यस्तो लाग्न थाल्यो कि यिनीहरूसँग मेरो वर्षौँदेखिको चिनारी थियो । उनीहरू एक बेडमा सुते । म अर्को बेडमा कतिबेला निदाएँ थाहै भएन । एकैपटक खुला फ्यालको फक्लेटाबाट छिरेको बिहानी किरणले गालामा म्वाइ खाँदा पो झल्यास ब्युझिएँ । गालामा तातो आयो । किन गालामा तातो आयो भनेर छामेको सूर्य पो छ त नजिक ।

‘डिएर मनु गुड मर्निङ’ भन्दै लिलीले तातो चिया हातमा थमाइदिइ । उनीहरू फ्रेस भइसकेका रहेछन् । चिया पिएपछि लिलीले ब्रस टुथपेस्ट र फ्रेस तौलिया हातमा थमाइदिइ र भनी–

‘मनु प्लिज टेक सावर विथ हट वाटर’ । तर मलाई तातो पानी निकाल्नै आएन । लिलीले ढोका ढक ढक गरी । साबुनले कपाल भिजाइसकेको थिएँ । तर धन्न हाफ पाइन्टमै थिएँ । चुकुल खोलिदिए । लिलीले तातो पानी निकालि दिई । कताबाट झुक्किएर लिलीको जिउमा अलिकति साबुन त लागि गो । ऊ हाँस्दै ‘डोन्ट लक योर डोर’ भन्दै निस्किइ ।

पोखरा, हेम्जा, फेदीखोला, पोखरीटोल, कुलडाँडा, अस्ट्रेलियन क्याम्प, नर्थफेस सबै घुमेर हामी अन्नपूर्ण वेशक्याम्पमा रमाउन थाल्यौं । सेतो हिमालय पर्वतले मुसुक्क हाँसिरहेको जस्तो भान हुन्थ्यो । म पहाडको थिएँ । मलाई देखेर पहाडी हावा पनि चञ्चलिन थालो । लिली म र सोनिया यति नजिक भयौं कि फूल र हावा जत्तिकै नजिक । मैले जिन्दगीमा पहिलो चोटि प्रकृतिसँग प्रेम मिलेको देखेँ । हिमाल देखेपछि लिली र सोनिया त पागल नै हुँदारहेछन् । एउटा हिमाली रूख युरिकेरियाको फेँदमा थियौँ लिली म र सोनिया । हावाको झोक्काले फुरफुर पारिरहेको मेरो कर्ली कपालमा लिलीले छोइ । गालामा छोइ । चिसोले गाला रातो भाको थियो । लिली बेजोडले कराइ– ‘डिएर मनु वी लभ यु सो मच ।’

आवाज पारिसम्म पुगेर प्रतिध्वनित हुँदै हामीतिरै फर्केर आयो । सोनियाले मलाई न्यानो नर्थफेसको जाकेट लगाइदिइ । लिलीले मेरो निदारमा म्वाइ खाइ । प्रकृतिले हामी तिनैलाई मदहोस बनायो । सत्र वर्षको गाउँले केटो म पहिलो चोटि प्रेमको अनुभूति गरँे मैले । लिली र सोनियासँग । निदारमा म्वाइ खाएपछि लिलीले भनी– ‘मनु लभ इज नट फर लस्ट, लभ इज नट फर फन, लभ इज नट फर सेक्स, लभ इज नट फर इज्याकुलेसन, इट इज फर टुगेदरनेस एण्ड वे अफ हाभिङ गड’ । खोइ कति बुझेँ मैले लिलीको प्रेमको परिभाषा ! 

पढ्न बीचैमा छोडेर यो काममा लागेको भनेपछि लिलीले दुःख फिल गरी । यता काठमाडौं आएपछि लिली आफैं मेरो स्कुल गइ । मेरा सरहरूलाई भेटी र मेरो एक वर्षको फि तिरिदिइ ।

त्यो दिनदेखि मैले मिहिनेतले पढ्न थालेँ । आज मेरो ठमेलमा क्युरियो पसल छ । मलाई प्रेम, सेवा, आनन्द, सम्मान र आतिथ्यता सिकाउने मेरी गुरुआमा लिली नै हो ।

हाम्रो भेट नभएको धेरै वर्ष भएको थियो । एकदिन मेरो पसलमा अमेरिकाबाट फोन आयो – ‘हेलो इज दिस मनु ?’

‘एस दिस इज मनु स्पिकिङ’

‘ओ दिस इज स्मिथ । सन अफ लिली’

‘प्लिज टु मिट यु स्मिथ’

‘सि इज नो मोर इन दिस वल्र्ड, आइ विल कम टु भिजिट नेपाल सुन’

‘ओ सो सरी एबाउट लिली । प्लिज मिट मि व्हिन यु कम’


फोन राखेपछि बेस्सरी रोएँ । दस वर्षअगाडि एयरपोर्टबाट छुट्टिएर जाँदा लिलीले मलाई एउटा खाम दिएकी थिइ । त्यो खाम मैले अहिलेसम्म खोलेको थिइन । लिलीको मृत्युको खबरले मलाई साह्रै पोल्यो । के रेछ त्यो खाम खोलेर हेरेँ ।

खाममा लिलीले मेरो स्कुलको हेडसरलाई सम्बोधन गरेर लेखेको पत्र थियो । 


‘डिएर हेड सर ! मनु इज भेरी जेन्टल बोइ । प्लिज टेक किएर हिम एन्ड हि विल नेभर बन्क हिज क्लास फ्रम नाउ अन’ 

पत्रभरि आँसु झ¥यो र छोप्यो मेरो आँसुले, लिलीले लेखेका प्रेमका अक्षरहरूलाई !