21st November | 2018 | Wednesday | 10:30:06 AM

प्राविधिक शिक्षामा छात्रालाई समेट्दै एलबीइएफ (LBEF) क्याम्पस

हिमालय टाइम्स   POSTED ON : Sunday, 23 September, 2018 (9:39:29 PM)

प्राविधिक शिक्षामा छात्रालाई समेट्दै एलबीइएफ (LBEF) क्याम्पस

 काठमाडौं । पछिल्लो समय प्राविधिक शिक्षामा छात्राको आकर्षण बढ्दै गइरहेको छ ।

आइटी, इन्जिनियरिङ लगायतका अन्य प्राविधिक कोर्षतर्फ छात्राको संख्या बढ्दै गएकोले देश विकासका निम्ति फलदायी रहने २० बर्ष देखि आइटी अध्यापन गराउँदै आएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जलानले बताए ।

प्राविधिक शिक्षा देश विकास तथा युवा स्वरोजगारका लागि मेरुदण्ड हुने बताउँदै उनले भने ‘आइटी विषय परिवर्तित विश्व समाजमा अनिवार्य विषय बन्दै गएको छ । जसको अध्ययन र अधिक प्रयोगले विकसित समाज मात्र होइन, विकासबाट वञ्चित समाजमा पनि द्रुत्ततर विकासको खाका ल्याँउछ ।’ उनले भने ।

नेपालमा आइटी के हो र यसको अध्ययन पश्चात के गर्न सकिन्छ ? भन्ने अधिकांश अभिभावक लगायत विद्यार्थीको जिज्ञासा हुँदा विगत २० बर्ष अघि नेपालको पहिलो आइटी कलेजका रुपमा अध्यापन गराउने उद्धेश्यले आफूहरुले लर्ड बुद्ध एजुकेशन फाउण्डेसन नामक कलेज स्थापना गरेको बताउँदै उनले भने, ‘अब नेपाली विद्यार्थीले पढ्नकै लागि लार्खौ खर्च गरेर विदेश जानुको अर्थ छैन । स्वदेशमै विदेशी विश्वविद्यालय भित्रिएका छन्, जसले स्वदेशमै  अन्तर्रा्ष्ट्रिय गुणस्तरको शिक्षा दिइरहेका छन् ।’

काठमाडौंको मैतिदेवीमा  स्थित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनले सूचना तथा प्रविधि क्षेत्रमा अध्ययन गर्ने इच्छा भएका विद्यार्थीलाई लक्षित गरी एसिया प्यासिफिक यूनीभर्सिटी (APU) मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक तह तथा स्नातकोक्तर स्तरको शिक्षा ल्याएको जलानले बताए ।

  प्राविधिक शिक्षाप्रति पछिल्लो समय महिलाको आकर्षण बढ्दै गएकोले आफूहरुले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्नेे कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ यस बर्ष देखि छात्रा केन्द्रित  छात्रबृतिको शुरुवात गरेको उनले बताए । उनले भने, ‘समग्र समाज, राष्ट्रको चौतर्फी विकासका लागि छात्रामा शिक्षाको पहुँच बढाउनुको विकल्प छैन, त्यस माथि प्राविधिक शिक्षा अबको अनिवार्य शिक्षा हो, जसले सरल र समयको निश्चित पावन्धीलाई मनन गरी छिटो र सहज रुपमा काम गर्न सकिन्छ ।’ राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने उद्देस्यले गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्दै ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गरिएको उनले बताए ।

जस अनुसार फिमेल मेरिट आईसीटी स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिएको छ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिएको अध्यक्ष जलानले जानकारी दिए ।


Views: 746