10th December | 2019 | Tuesday | 2:05:34 AM

टायर रिसोलिङ सेन्टरमा आगलागी

  POSTED ON : मंसिर ८, २०७३ (१०:४६ AM)

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्र्रौटामा रहेको टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा दुई लाख ५० हजार बराबरको नोक्सानी भएको छ । टायर रिसोलिङ सेन्टरको गोदाममा रहेका पुराना दुई सय ५० टायर जलेर नष्ट भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले बताए। राजु शाहका घरमा रिसोलिङ सेन्टर खोलेका अली हुसेनको टायर गोदाम मङ्गलबार लागेको आगोले पूरै टायर जलेर खरानीमा परिणत भएको हो । आगलागीबाट गोदाम नजिकै रहेका चार घरमा समेत सामान्य क्षति पुर्याएको छ । दमकललाई समयमा खबर गर्दा समेत २० किलोमिटरको दूरीमा रहेको कृष्णनगरको दमकल दुई घन्टापछि मात्रा आएको थियो । त्यस्तै, कपिलवस्तुकै शिवराज नगरपालिका समिति चोकमा लागेको आगोमा दुई घर जलेर नष्ट भएका छन् । समिति चोक नजिकै रहेको लीला लामिछाने र दुर्गा गौतमको खरले छाएको घर पूर्णरुपमा जलेको वडा प्रहरी कार्यालय, चन्द्रौटाले जनाएको छ । रासस

Views: 88